ताजा खबर

तथ्य र तथ्याङ्क विकासका लागि आधार–मुख्यमन्त्री गुरुङ

   ७ श्रावण २०७६, मंगलवार ०९:२१      2,275 views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विभिन्न संघसंस्थाले गरेका अध्ययन अनुसन्धानबाट प्राप्त तथ्य र तथ्याङ्क विकासका लागि महत्वपूर्ण आधार बन्ने बताउनु भएको छ ।

काठमाaडौं विश्वविद्यालय स्कुल अफ आर्टस, इन्टर डिसिप्लिनरी एनालिसिस र द एशिया फाउण्डेसनद्धारा सर्मेक्षण गरिएको तथ्याङ्क आज पोखरामा सार्वजनिक गर्दै उहाँले प्राप्त तथ्याङ्ककै आधारमा विकासका योजना तय हुने बताउनुभयो ।


अध्ययन अनुसन्धानका क्रममा जोकोही संस्थाले वस्तुनिष्ठ ढंगबाट सही तथ्य निकाल्नु पर्नेमा जोड दिदै उहाँले त्यस्ता तथ्याङ्कले भावि कार्ययोजना तय गर्न महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।
देश संघीय संरचनामा गएको वर्तमान अवस्थामा परिवर्तीत संरचना अनुसार विकास निर्माणलाई अघि बढाउन लागिएको उल्लेख गर्दै उहाँले काठमाडौं विश्वविद्यालय सहित तीन वटा संस्थाले तयार गरेको तथ्याङ्क सहितको प्रतिवेदन सरकारको लागि प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभयो ।


प्राप्त तथ्याङ्क अनुसार गण्डकी प्रदेश विकास निर्माणमा अघिनै देखिएको बताउँदै मुख्यमन्त्री गुरुङले कमि कमजोरी देखिएका क्षेत्रलाई क्रमश सुधार गर्दै अघि वढिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राजनीतिमा शुद्धिकरण अहिलेको आवश्यकता भएको औल्याउँदै उहाँले जनप्रतिनिधिहरु समाज र जनताका लागि वफादार बन्दै त्यही किसिमको जिवन पद्धती अगाल्नु पर्नेमा जोड दिनुभयो ।
सहि नभएकोप्रदेश सरकारका उपलव्धिको संरक्षण गर्दै कमी कमजोरीका क्षेत्रलाई सुधार गर्दै अगाडि बढने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गलत तथ्याङ्कले योजना निर्माण एव्म् त्यसको कार्यान्वयनमा प्रत्यक्ष असर पर्ने भएकोले सही तथ्याङ्कक निकाल्ने कुरामा अनुसन्धाता लाग्नु पर्ने बताउनुभयो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्थानीय तहले विकास निर्माणका साथै सवै क्षेत्रको पारिवारिक तथ्याङ्कक संकलन गरिनु पर्ने आवश्यकता औल्याउनुभयो ।
उहाँले त्यस किसिमका तथ्याङ्कबाट संघीय र प्रदेश सरकारलाई समेत नीति निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने धारणा राख्नुभयो ।


कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्टसका डा.धिरज गिरीले ७३ जिल्लाका १८ बर्ष माथि उमेरका सात हजार ५६ व्यक्तिलाई छनोट गरि तथ्याङ्कक सर्भेक्षण एवम् विश्लेशण गरि निष्कर्ष निकालीएको जानकारी दिनुभयो । विभन्न वर्ग र समुदायका व्यक्तिहरुसंग गरिएको प्रश्नउत्तरमा ५१.५ प्रतिशत उत्तरदाताले देश सहि दिशामा अघि बढेको बताएको उहाँले जानकारी दिनुभयो ।


उहाँले ३९.४ उत्तरदाताले देश क्रमिकरुपमा गलत दिशातर्पm अघि बढेको र ९.१ प्रतिशतले यसबारे आफुहरु अनविज्ञ भएको बताएको बताउनुभयो ।
अध्ययन अनुसार राजनीतिक दल, प्रदेश र संघीय संसदका सदस्यमा जनताको विश्वास ३० देखि ४० प्रतिशत मात्र देखिएको उहाँले जानकारी दिनुभयो ।


कार्यक्रममा काठमाडौ विश्वविद्यालय स्कूल अफ आर्टसका डीन डा. सागरराज शर्माले तथ्याङ्कको सत्य तथ्यताका लागि भरपुर प्रयास गरिएको जानकारी दिनुभयो ।
उहाँले सात वटै प्रदेशमा यस किसिमका कार्यक्रम गरि तथ्याङ्क सार्वजनिक गरिने र प्राप्त सुझावका आधारमा थप गहिराईमा पुग्ने बताउनुभयो । (रासस)

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284