ताजा खबर

तनहुँमा चलचित्र दिलसराको भव्य प्रदर्शन, दिलसरालाई बाजागाजा सहित स्वागत तथा सम्मान

   २१ आश्विन २०८१, सोमबार १८:०५      279 views

तनहुँको भिमाद र दमौलीमा शनिबार एकैसाथ चलचित्र दिलसरा भव्य प्रदर्शन भएको छ । चलचित्र हेर्नको लागि प्रदर्शन हलमा हजारौ दर्शकको उपस्थिति रहेको थियो ।


भिमादमा नेपाल मगर संघ भिमाद नगर समितिको आयोजनामा उद्योग वाणिज्य संघको हलमा चलचित्र प्रर्दशन भएको थियो । चलचित्र हेर्नका लागि भिमाद नगरपालिकाका सबै वडा र नजिकका गाउँपालिकाबाट समेत उल्लेख्य दर्शकहरुको ओइरो लागेको थियो । २ शो गरी प्रदर्शन गरिएपनि हजारौ दर्शकको उपस्थितिले धान्न नसकेपछि अर्को पटक समयअनुकुल मिलाएर पुनः प्रर्दशन गर्ने आयोजकले जनाएको छ ।


प्रदर्शन अघि आयोजकले स्थानीय बाजागाजा र मौलिक कौरा नृत्य सहित कलाकारहरुलाई भब्य स्वागत गरिएको थियो । स्वागत समारोहमा हजारौ दर्शकको उपस्थिति रहेको थियो । जसले कलाकारलाई हौसला प्रदान गरेको थियो भने आयोजक पनि उत्तिकै हर्षित र खुसी देखिन्थे ।


चलचित्र हेरिरहँदा दर्शकहरुमा कहिले हासोले हल नै गुञ्जिन्थ्यो भने कहिले भावुकताले हल नै सन्नाटा छाउँथ्यो ।
मगर समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक जस्ता बुहआयामिक पक्षलाई समेटेर निर्माण गरिएको भएता पनि समग्र नेपाली महिलाहरुले भोग्नुपरेको यथार्थ भोगाईलाई चलचित्रमा दर्शाइएको हुनाले मगरमात्र नभइ सबै समुदायका दर्शकहरुले पनि चलचित्र उत्कृष्ठ रहेको प्रतिक्रिया दिएका छन् ।


भिमाद प्रदर्शनमा अतिथि दर्शकको रुपमा गण्डकी प्रदेश सभा सदस्य जीतप्रकास आले मगर, भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदी, भिमादका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुन, रिसिङ गा.पा. अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलकाका प्रतिनिधि, स्थानीय संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रदेश सभासदस्य जित प्रकास आले मगरले चलचित्र दिलसरालाई मगर समुदायले मात्र नभई सबै वर्ग र समुदायका दर्शकहरुले अपनत्व ग्रहण गरेकोले यो चलचित्र महत्वपूर्ण सांस्कृतिक दस्तावेजको रुपमा रहने बताए ।
भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले चलिचत्र दिलसराले युवा वर्गलाई दिन खोजेको सन्देश एकदमै महत्वपूर्ण रहेको बताउँदै समाजमा भएका कुरिति र विसंगतिको विरुद्धमा लाग्न युवा वर्गलाई यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताए । धेरै समय पनि राम्रो चलचित्र हेर्न पाएकोमा आफूलाई खुसी लागेको पनि उनले बताए ।
भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पुनले यो चलचित्र समाजको संस्कृतिलाई राम्रो सँग उतारिएको एक उत्कृष्ठ चलचित्र रहेको बताए ।
भिमाद एमएमका अध्यक्ष मिलन आले मगरले चलचित्र हेरिसकेपछि नेपालमा बनेका सिनेमा मध्य दिलसरा एक अब्बल सिनेमा निर्माण भएकोमा गर्व महसुस भएको बताए । नयाँ योजना, मगर परम्परा, जीवनशैली, अनि समाजको कटु यथार्थ दर्साएर, सामाजिक, सांस्कृतिक, आर्थिक सन्देस प्रवाह गर्न सफल भएकोमा निर्माण टिमलाई धन्यवाद समेत दिए ।
तनहुकी दिलसरा प्रभावसाली महिला याममाया आले मगरले भिमादबाट चलिचत्र दिलसराको लागि मुख्य कलाकाहरु तथा निर्माता पाउनु भिमादबासीको लागि गौरवको कुरा रहेको बताउँदै आफूहरुले उक्त चलचित्र प्रदर्शन गर्ने अवसर पाएकोमा खुसी लागेको बताइन् ।


चलचित्र हेरीसकेपछि दर्शकहरुबाट आएको सकारात्मक प्रतिक्रियाले आफूहरुले गरेको मेहनत समुदायको लागि उदाहरणीय बन्न सक्नेमा विश्वास रहेको निर्माता तथा पटकथा लेखक मिना थापा मगरले बताइन् ।
चलचित्रमा तनुहँ भिमाद नगरपालिका ४ पिरुङकी सृष्टी राना मगरको मुख्य भुमिएको रहेका छ । दर्शकहरू सँगसँगै चलचित्र हेरेर निस्केकी नायिका सृष्टिले दर्शकहरूको मायाले निकै खुसी लागेको भन्दै सबैलाई धन्यवाद दिइन् । दर्शकको सोचेभन्दा धेरै माया पाउँदा खुसी लागेको उनले प्रतिक्रिया दिइन् ।
आम समुदायको लागि महत्वपूर्ण योगदान दिने खालको चलिचत्र निर्माण गरेको भन्दै भिमाद नगरका विभिन्न संघसंस्था तथा आमा समूहहरुले चलिचत्र दिलसरा टिमलाई खादा माला, सम्मान पत्र लगायतले सम्मान गरेको थियो ।
यसैक्रममा नेपाल मगर संघ भिमाद नगर समितिले दिलसरा समुहलाई दोसाल्ला, साफा र फुलमालाले सम्मान गरेको थियो भने नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ भिमाद नगर समितिले मायाको चिनो र खादाले सम्मान गरेको थियो । यसैगरी कथर्दी आमा समुह भिमाद, माझकोट महिला विकास संस्था भिमाद लगायत समूहले फुलमाला र खादाले सम्मान गरेको थियो ।
भिमाद प्रदर्शनको क्रममा मिडिया पार्टनरको रुपमा रहेको भिमाद एफ एमले कलाकार तथा निर्माता टिलाई सम्मान पत्र सहित फुलमालाले सम्मान गरेको थियो ।

दमौली प्रदर्शन
यसैगरी सोही दिन नेपाल मगर संघ व्यास नगर समिति दमौलीको आयोजना तथा आदिवासी जनजाति व्यास समिति, मगर गुठ समिति, मगर सुधार समिति, तनहुँ मगर समिति, लाङ्घालि मगर समिति लगायत सहआयोजक रहनेगरी संयुक्तरूपमा दमौलीको सभागृह हलमा चलचित्र दिलसरा प्रदर्शन गरिएको थियोे ।
चलचित्रले दर्शकको मन जित्न सफल भएको गल गुरूङले बताए । फिल्म सोचेभन्दा राम्रो र सन्देशमुलक भएको उनले प्रतिक्रिया दिए ।


चलचित्र संस्कृति जोगाउने खालको र सन्देशमुलक भएको नेपाल मगर संघका नेता सिद्धान्त थापाले बताए ।
मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’को यस अगाडि पोखरा, बुटवल, पाल्पा, तनहुँको म्याग्दे र बेलायतको विभिन्न शहरहरुमा प्रदर्शन भइसकेको छ भने अन्य स्थानहरुमा प्रदर्शनको क्रममा रहेको निर्माण टिमले जनाएको छ ।


मेनेको फिल्म्स एण्ड मिडिया हाउसको व्यानरमा निर्मित चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन् । चलचित्रको कार्यकारी निर्माता मेजर प्रेम थापा मगर, निर्माताहरुमा हर्क आले मगर, जुना थापा र मीना थापा रहेका छन् ।


चलचित्रको कथा जुना थापा मगर, पटकथा मीना थापा मगरले लेखेका हुन् भने चलचित्रमा सृष्टि राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), गुना थापा मगर, भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय गरेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:24

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:40:08

BWER Company stands as a trusted name in Iraq’s weighbridge industry, offering innovative designs, reliable installations, and comprehensive support for all weighing requirements.

Written by truck scale suppliers in Iraq 2024-12-05 14:39:53
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284