ताजा खबर

तमु धिं नेपालका ३५औं साधारणसभा सम्पन्न, तमुहरुले समय र परिवर्तनलाई आत्मसाथ गर्नुपर्दछः अध्यक्ष बेदबहादुर तमु

   १६ आश्विन २०७६, बिहीबार १०:०१      1,775 views

हुम तमु

पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपालको बुधवार ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि मादी गाँउपालिकाका अध्यक्ष बेदबहादुर तमु(श्याम)ले दीप प्रज्जलन गरी साधारणसभा उद्घाटन गर्नुभएको थियो। प्रमुख अतिथि तमुले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको एकता र सचेतता जरुरी रहेको बताउनुभयो।

तमुहरुको सबै भन्दा जेष्ठ संस्था तमु धिं नेपालले एकताको अपरिहार्यता र तमुहरुमा जागरण ल्याउन विशेष पहल गर्न आग्रह गर्नुहुदै उहाँले एक स्टेप पछाडि रहेका तमुहरुले समय र परिवर्तनलाई आत्मसाथ गर्न सक्ने हुनुपर्नेमा जोड दिनुभयो।

तमुहरु पहुँचमा पुग्नका लागि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा प्रवेशका लागि पहल गर्ने पर्ने अध्यक्ष तमुको भनाई थियो। कुर्सीमा पुगे पनि कर्मचारी तन्त्र आफ्ना मान्छे नहुँदाको समस्याको अनुभूति भएको भन्नुहुदै उहाँले तमु धिं नेपालले वार्षिय कार्ययोजना समावेश गरेको लोकसेवा आयोग तयारी परिक्षाको तालिमका लागि मादी गाँउपालिकाले सहकार्य गर्ने बताउनुभयो।


राजनीतिक व्यवस्था परिवर्तनले अवसर प्राप्ती र केही न केही पहुँचमा पुगेकाले गोजीबाट मात्रै होइन तमुहरुले राज्यबाट पनि सुविधा पाउनुपर्ने, विकास र योजना प्राप्त गर्नुपर्ने उहाँको भनाई थियो।

अध्यक्ष बेदबहादुर तमुले तमु धिं नेपालले यसैवर्ष क्होला सोंथर अध्ययन अवलोकन गर्ने योजना बनाएकाले आफ्नो र गाँउपालिकाको साथ रहेको उद्घोष गर्नुभयो। उहाँले क्होला सोंथरको संरक्षण र विकासका लागि प्रदेश सरकारले गुरुयोजना बनाएकाले तमु धिं लगायत तमुहरुले अपनत्वसहित साथ दिनुपर्ने आग्रह गर्नुभयो।

तमु भाषा, कला, संस्कृतिको संरक्षणका साथै लिपीका लागि गहन छलफल, विज्ञहरुसँगको अन्तरक्रिया जरुरी रहेको बताउनुहुदै तमु भाषाको पाठ्यक्रम निर्माण भए मादी गाउपालिकाका संभव भएसम्मको विद्यालयहरुमा तमु भाषामा पठन पाठन गर्न तयारी गरिरहेको बताउनुभयो।


कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै तमु धिंका संस्थापक सदस्य डा.खडग सिंह गुरुङले आवाश्यकताले तमु धिं परिवार गठन भई, कास्की हुदै अहिले तमु धिं नेपाल बनेकोमा संस्थापकहरु र स्थापनाकालदेखि नेतृत्व गर्नुभएकी अध्यक्ष कर्म तमुलाई बधाई ज्ञापन गर्नुभयो।

संस्था स्थापनाको उद्धेश्य प्राप्तीका लागि संस्थापकहरुलाई समेट्दै तमुहरुको पहिचान स्थापित गर्नुपर्ने उहाँको भनाई थियो। २०७२ सालको महाभुकम्पको बेला तमु धिं नेपालले विपद व्यवस्थापन गर्न विशेष भुमिका खेलेकोमा तमु धिं नेपालले तमुहरुलाई सचेत र विपद न्युनिकरणका लागि सचेत बनाउन जुट्ने विश्वास गनुृभयो। उहाँले तमु भाषा लोप हुदै गएकाले घर घर मात्रै होयन हरेक ठाँउमा बोल्ने सँस्कृतिको विकास गर्नुपर्ने सुझाव दिनुभयो।


तमु धिं नेपालका सल्लाहकार बरिष्ठ अधिवक्ता कृष्णबहादुर तमुले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपालको उद्धेश्य प्राप्तीका लागि भाषा, कला, सँस्कार सँस्कृति संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। सामुहिक ल्होछारको नाउमा तमु धिं नेपालले ल्होछार मनाउन छोडे पनि ट्होटेंले तमु पोशाक र सँस्कृति संरक्षणमा विशेष भुमिका खेलको भन्दै उहाँले संस्थागत विकासका लागि सुशासन र पारदर्शिता जरुरी रहेको बताउनुभयो। उहाँले तमु धिं नेपाल लगायत समाजहरुमा आउनु भनेको समाजलाई केही दिऊँ भनेरै आउनुपर्दछ भन्दै कार्यसमितिले क्रियाशिलतामा ध्यान दिनुपर्ने सुझाउनुभयो।


यसरी नै सिमपानी तमु समाजका खडगबहादुर तमुले तमु धिं नेपालले तमु भाषा, लिपी, तमु एकता र ल्होछारका लागि विशेष पहल गर्नुपर्ने सुझाव दिनुभयो।


साधारणसभामा तमु धिं नेपालका महासचिवले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव, कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको थियो।


कार्यक्रममा तमु धिं नेपालले आँधीखोला तमु समाजका मिर्गौला पिडित बुद्धिबहादुर तमुलाई २५ हजार सहयोग प्रदान गरेको थियो भने तनहु तमु समाजका तर्फबाट अध्यक्ष क्या.सुकबहादुर तमुले तमु धि. नेपालद्धारा स्थापित आकस्मिक राहात कोषमा ५१ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको थियो। यस्तै गरी कार्यक्रममा तमु धिं नेपालका संरक्षक मेजर दिलबहादुर तमु नेपाल सरकारबाट जनसेवा श्री पदक(चतुर्थ) विभुषित हुने भएकाले हार्दिक बधाईका लागि अग्रीम फेटा र खादाबाट सम्मान गरिएको थियो।


उक्त कार्यक्रममा चिउली पाचे तमु समाजका आमाहरु र पैयुखोला तमु समाजका आमाहरुले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए।


तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हुमबहादुर तमुले स्वागत र सचिव अधिवक्ता जुनाकुमारी तमुले कार्यक्रम संचालन गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284