तमु धिं नेपालको घुम्ती बैठक सम्पन्न, जिफानलाई तमु धिं नेपालको सहयोग
पोखरा, २१ असार
तमु धिं नेपालले आफ्नो मासिक घुम्ती बैठक पोखरा माहानगरपालिका वडा नंं. ३० स्थित सुर्यमुखी तमु समाजमा शुक्रवार सम्पन्न गरेको छ ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले तमु एकता वार्तालाई इमान्दारीपूर्वक अघि बढाउने छिटो टुंगोमा पु¥याउन तमु धिंको तर्फबाट पहल गर्न, तमु धिं नेपालको मुखपत्र ‘तमु सुँ’ प्रकाशनका लागि लेख, रचना र बिज्ञापन संकलन समिति गठन, एस इ इ उतिर्ण तमु बिद्यार्थीलाई बधाई एवम प्रशिक्षण कार्यक्रम साथै स्वास्थ्योपचारका लागि बिरामीहरुलाई साउन ५ सहयोग रकम बितरण गर्ने लगायतका निर्णय गरेको छ ।
यसरी नै तमुहरुको राजधानी पोखरामा तमुहरुको विश्व सम्मेलन गर्न बैठकमा सहभागीहरुले बिषय उठान गरेका थिए । यसैबिच गुरुङ फिल्म्स एसोशियसन नेपाल जिफानको जग्गा खरिद तथा भवन निर्माण सहयोगार्थ तमु धिं नेपालको तर्फबाट अध्यक्ष हुम बहादुर गुरुङ लगायतले जिफान अध्यक्ष गुन्जबहादुर गुरुङलाई १ लाख ५ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो ।

बैठकमा जिफान अध्यक्ष गुन्ज गुरुङ, सुर्यमुखी तमु समाजका अध्यक्ष सुबेदार दलबहादुर गुरुङले स्वागतसहित समाजको स्थापनादेखि वर्तमानसम्मको जानकारी, संस्थापक अध्यक्ष क्य. प्रेमबहादुर गुरुङ, तत्कालिन लेखनाथ नगरपालिका उपमेयर गोपालमान गुरुङ, बाझापाटन तमु समाज अध्यक्ष कृष्ण बहादुर गुरुङ, तमु धिं नेपाल केन्द्रिय युवा समिति अध्यक्ष रमेश गुरुङ लगायतले भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा तमु धिंका वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङले स्वागत र महासचिव जुना गुरुङले संचालन गर्नुभएको थियो । सुर्यमुखी तमु समाजको तर्फबाट मौलिक सांस्कृतिक प्रस्तुतिसहित स्वागत एवम मनोरन्जन दिलाएको थियो भने परम्परागत खानाको परिकारको स्वाद बैठकका सहभागीहरुलाई दिलाएको थियो ।

आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38