ताजा खबर

तमु धिं नेपालको ३६औं वार्षिक उत्सव सम्पन्न, गणेशबहादुर गुरुङको स्मृतिमा २० लाखको अक्षयकोष

   ६ जेष्ठ २०७७, मंगलवार १०:१४      1,033 views

हुम तमु,


तमु धिं नेपाल ३५ वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ। पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विविध कार्यक्रम गरी सोमवार स्थापना दिवस मनाइएको छ।

कोरोनाको महामारीको विषम परिस्थितीमा तमु धिंले सामाजिक दुरी कायम राख्दै संस्थाको प्रगाति र कोरोना महामारी अन्त्यको कामना गर्दै ३६ वटा शान्ति दिप प्रज्वलन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि दिलबहादुर गुरुङले उद्घाटन गर्नुभएको कार्यक्रममा सहभागी क्षेत्रीय अध्यक्षहरु लगायतले दीप प्रज्वलन गरिएको थियो।


कार्यक्रममा तमु धिं नेपालका सल्लाहकार प्रमुख, वरिष्ठ समाजसेवी, शिक्षासेवी स्वर्गीय गणेशबहादुर गुरुङको परिवार तथा आफन्तजनबाट आगामी वर्षदेखि तमु धिं नेपालको स्थापना दिवसमा एक जना शैक्षिक र एकजना सामाजिक क्षेत्रका व्यत्तित्वलाई सम्मानका लागि २० लाख ५५ रुपैयाको अक्षयकोष स्थापना गरिएको छ।


कोष स्थापनाका लागि उक्त रकमको चेक स्वर्गीय गुरुङको बहिनी लक्ष्मी गुरुङ, छोरा समिर गुरुङ र बुहारी डा.महिमा गुरुङले तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो। रकम हस्तान्तरण गर्दै छोरा समिर गुरुङले अक्षयकोष स्वर्गीय बाबाकै चाहाना भएकाले परिवार र बहिनी, भाञ्जा भाञ्जीबाट कोष स्थापनाको शुरुवात गरिएको भन्नुहुदै आगामी दिनमा कोष बृद्धि गरिदै लगिने उद्घोष गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि तमु धिं नेपालका आदरणीय अतिथि दिलबहादुर गुरुङले स्थापनाको शुभकामना व्यक्त गर्नुहुदै संस्था स्थापनाको उद्धेश्यलाई आत्मसाथ गर्दै सबैको साथ सहयोगबाट संस्था बलियो र संस्था अत्यन्तै क्रियाशील बनाउनुपर्ने बताउनुभयो।


अग्रज र विगतमा योगदान दिएका व्यक्तित्वको सरसल्लाहलाई मनन गर्दै तमुहरुको एकतावद्धता,सेवामुखी संस्था, सबैको भावनाको सम्बोधन गर्ने संस्थाको रुपमा विकास जरुरी रहेको बताउनुभयो।

तमु धिंलाई संकट परेको बखत आफुहरुले ऊ बेला नै दुई दुई लाख सहयोग गरेकाले पनि संस्था गर्विलो रुपमा विकास भएको बताउनुभयो। तमु धिंले गुरुयोजना बनाई निर्माणमा चरणमा अझै पनि सहयोग गर्न धेरै तमुहरु तयार रहेको भन्दै स्थापनादेखी हालसम्मको अध्यक्ष कर्म तमुको नेतृत्वलाई सबैको सम्मान रहेको बताउनुभयो।


उक्त कार्यक्रममा तमु धिं नेपालले स्थापना गरेको आकस्मिक राहतकोषमा चारभञ्ज्याङ तमु समाजको तर्फबाट अध्यक्ष प्रदिपकुमार गुरुङले ५० हजार तमु धिंका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो।

रकम हस्तान्तरण गर्नुहुदै आपतका बेलामा संस्थागत सहयोग गर्न सकियोस भनेर अभिभावक संस्था तमु धिंलाई चारभञ्ज्याङको तर्फबाट रकम हस्तान्तरण गरेको बताउनुभयो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284