ताजा खबर

तमु धिं नेपाल केन्द्रीय आमा समितिको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पवित्र गुरुङ

   ११ भाद्र २०८०, सोमबार १९:४५      517 views

पोखरा,
तमु धिं नेपाल केन्द्रीय आमा समितिको अध्यक्षमा पवित्रदेवी गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।


पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा सम्पन्न आमा समितिको दशौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनले आमा समितिको वरिष्ठ उपाध्यक्षमा ऐनशोभा गुरुङ, प्रथम उपाध्यक्षमा बिना गुरुङ, द्धितिय उपाध्यक्षमा बालकुमारी गुरुङ, महासचिवमा बालकुमारी गुरुङ, सचिवमा विष्णुकुमारी गुरुङ, सहसचिवमा रेखिमाया गुरुङ, कोषाध्यक्षमा आसकाशी गुरुङ, सहकोषाध्यक्षमा बिमला गुरुङ निर्वाचित हुनुभएको छ।

यसरी नै कार्यसमिति सदस्यहरुमा श्रीमाया गुरुङ, नन्दा गुरुङ, टिका गुरुङ, कुन्तीदेवी गुरुङ, तारादेवी गुरुङ, मनकुमारी गुरुङ, ताराकुमारी गुरुङ, चित्रा गुरुङ, जगनसुवा गुरुङ, तारा गुरुङ, दिलमाया गुरुङ रहनुभएको छ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचत समितिका संयोजक तमु धिं नेपालका अध्यक्षका हुमबहादुर गुरुङले सपथ ग्रहण गराउनुभएको थियो भने निर्वाचन समितिमा कोषाध्यक्ष गमबहादुर गुरुङ, आमा समितिकी संस्थापक अध्यक्ष चन्द्रसुवा गुरुङ, बाँझापाटन तमु समाजका अध्यक्ष कृष्णबहादुर गुरुङ र तमु सहयोग समिति पार्दीका अध्यक्ष क्या।तमबहादुर गुरुङ रहनुभएको थियो।

नवनिर्वाचित अध्यक्ष पवित्रदेवी गुरुङले सबै तमुहरुलाई संगठित, आमा दिदिबहिनीलाई एकिकृत एवम सबल र तमु धिं नेपाललाई अग्रगतिका लागि क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिको तर्फबाट बाँझापाटन तमु समाजका अध्यक्ष कृष्णबहादुर गुरुङ बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यस अघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सबै तमुहरुको एकताबाटै शक्ति निर्माण हुने भन्दै एकताका लागि आग्रह गर्नुभयो। उहाँले तमुहरुको एकता बिना हाम्रो सामुहिकता, अधिकार प्राप्ति र राज्यमा पहुँच नपुग्ने भएकाले एकता अपरिहार्य भएको बताउनुभयो। उहाँले तमुहरु मुलुकलाई सद्भावमय बनाउन, सँस्कृतिमय बनाउनका लागि सधै सकरात्मक रुपले जुटिरहने विश्वास व्यक्त गर्नुहुदै गण्डकी प्रदेश सरकारले तमु भाषा संरक्षण र प्रवद्र्धनका लागि बजेट विनियोजना गरेको बताउनुभयो।

प्रमुख अतिथि गुरुङले संघीयताकै कारण आदिवासी जनजाति समावेशी कोटाबाट आफुहरु प्रदेश सभा सदस्य भएकाले समुदायको भावनालाई आत्मसात गर्दै निति, विधी, ऐन, कानुन बनाउन आफुहरुको विशेष भुमिका रहने बताउनुभयो। पहिचानकै लागि आफुले संसदमा तमु पोशाकमा, तमु मातृभाषामा सपथ ग्रहण गरेको बताउनुहुदै तमुको सँस्कृति र आमादिदिबहिनीहरुलाई सशक्तिकरणका लागि पनि कोदोको रक्सी ब्राण्डिङ गरिने बताउनुभयो।

विशेष अतिथि बेलायतको बार्नेट लण्डनका निवर्तमान उपमेयर तथा वर्तमान कान्सिलर लक्ष्य गुरुङले आमाहरु मुलधारमा आउनु पर्नेमा जोड दिनुभयो। महिलाहरु इमान्दार, सहशील र लगनशील हुने भई जिम्मेवारी बहन गर्ने भएकाले आमाहरुले हरेक क्षेत्रमा अगुवाई गर्नुपर्दछ भन्नुहुदै राष्ट्रसंघको एक प्रतिवेदन नेपालका आमा समुह समाज विकासका लागि उदाहरणीय भएकाले अब तमु दिदिबहिनीहरु मुलुककै नेतृत्वका लागि तयार रहनुपर्ने बताउनुभयो ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै आमा दिदिबहिनीहरु समाज विकास र नेतृत्वका लागि सरिक हुनुपर्ने बताउनुभयो। उहाँले अधिकारप्रति सचेत, अधिकार प्राप्तिका लागि आवाश्यक परे आन्दोलित र विभेद अन्त्यका लागि तमुहरुको एकता, आमा दिदिबहिनीहरुको सकृयता जरुरी रहेको उहाँको भनाई थियो।

कार्यक्रममा जेष्ठ आमा याङजाकोट तमु समाजकी लक्ष्मी गुरुङ, वर्षको उत्कृष्ठ सदस्य फूलवारी तमु समाजकी धनमाया गुरुङ र सक्रिय आमा समुहबाट सिद्धार्थ तमु समाज आमा समिति सम्मानित गरिएको थियो। यसरी नै नवनिर्वाचित क्षेत्रीय आमा समितिहरुलाई बधाई एवम सम्मान, युकेका निवर्तमान उपमेयर तथा वर्तमान काउन्सिलर लक्ष्य गुरुङलाई विशेष सम्मान, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ हालै पुरस्कृत भएकोमा बधाई, आमा समितिकी द्धितिय उपाध्यक्ष ऐनशोभा गुरुङ लायन्स क्लव अफ बाराहीको अध्यक्षमा निर्वाचित भएको बधाई, कार्यक्रममा खाजा प्रायोजन गर्ने चिउली पाचे तमु समाज र खानेपानी प्रायोजक सिमपानी तमु समाजका अध्यक्ष गंगाबहादुर गुरुङलाई सम्मान गरिएको थियो।

आमा समितिकी अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा महासचिव बिना गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालकुमारी गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।

कार्यक्रममा तमु ह्युल छों धिं गुरुङ राष्ट्रिय परिषद कास्की अध्यक्ष सिता गुरुङ, तमु प्ये ल्हु संघ केन्द्रिय महिला समिति अध्यक्ष तिलकुमारी गुरुङ, क्षेत्रीय समाजका अध्यक्षहरुका तर्फबाट लमजुङ समाजका अध्यक्ष देवबहादुर गुरुङ, आमा समितिकी संस्थापक अध्यक्ष चन्द्रसुवा गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा आमा समितिका कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए भने कार्यक्रममा प्रथम उपाध्यक्ष पवित्रदेवी गुरुङले स्वागत, संचालन महासचिव बिना गुरुङ र सहसचिव बालकुमारी गुरुङले गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284