तमु धिं नेपाल रुपा गाँउपालिकामा गेस वहादुर गुरुङ
तमु धिं नेपालको संगठनात्मक विस्तार अन्तरगत कास्की जिल्लाको रूपा गाँउपालिका स्तरीय तमु भेलाले गेस वहादुर गुरुडको अध्यक्षतामा १७ सदस्यीय तमु धि नेपाल रुपा गाँउपालिका कार्यसमिति गठन गरेको छ ।
रुपा गाँउपालिका वडा नं ६ मोहोरियास्थित मोहोरिया तमु धिंमा सम्पन्न भेलाले कार्यसमितिको उपाध्यक्षमा जानकी गुरुङ, सचिवमा मनोज गुरुङ, सहसचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा बिभा गुरुङ, सहकोषाध्यक्षमा सुष्मा गुरुङ, सदस्यहरुमा बबिता गुरुङ, बुद्धि गुरुङ, फसेल गुरुङ, सकुन्धरा गुरुङ, गंगा गुरुङ, जसबहादुर गुरुङ, विष्णु गुरुङ, बुद्धिमाया गुरुङ, धनवहादर गुरुङ, चुनमाया गुरुङ, हिरा गुरुङ रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालको अध्यक्ष हुमवहादुर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्ष गेसवहादुर गुरुङले प्रतिवद्धता व्यक्त गर्नुहुदै रुपा गाँउपालिकामा बसोबास गर्ने सम्पूर्ण तमुहरुलाई संगठित गर्दै अघि बढ्ने बताउनुभयो । कार्यसमिति गठनका लागि सिद्वार्थ तमु समाजका अध्यक्ष सुबेदार केहर सिंह गुरुङको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो ।

कार्यकमका प्रमुख अतिथि रुपा गाउँपालिकाका उपाध्यक्ष लाल सुब्बा गुरुङले तमुहरुको एकता, संगठित शक्तिबाटै सामुदायिक हित र अधिकार प्राप्ति हुने बताउनुभयो ।
कार्यक्रममा रुपा ६ का वडाध्यक्ष नारायण गुरुङ, जिल्ला समन्वय समिति सदस्य क्या. हर्कबहादुर गुरुङ, मोहोरिया तमु धिँका अध्यक्ष सु.उत्तर बहादुर गुरुङ, सिद्धार्थ तमु समाजका उपाध्यक्ष टिकबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
पालिकास्तरमा तमु धिं गठनको बारेमा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले प्रष्ट्याएका थिए ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष गीमाया गुरुङले स्वागत र सचिव जुमकाजी गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38