ताजा खबर

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्दारा छात्रवृत्ति वितरण

   २६ जेष्ठ २०८२, आईतवार १७:२२      426 views

तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित “तमु विद्यार्थी छात्रवृत्ति वितरण” कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । प्रतिस्थानले शैक्षिकसत्र २०८२ का लागि प्रथम चरणको छात्रवृत्ति वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि चिल्ड्रेन एकेडेमीका संस्थापक प्राचार्य हिमाल तमुले कडा मेहनत गरी राष्ट्रको सेवा गर्न विद्यार्थीहरुलाई प्रोत्साहन दिनुभएको थियो ।


संस्थाका कानूनी सल्लाहकार कर्णबहादुर तमु, बनस्थली मा.वि. लम्जुङमा कक्षा ११ अध्ययनरत विद्यार्थी सङ्गीता तमु र संस्थाका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक श्रीजङ तमुले मन्तव्य राख्नुभएको थियो ।


यस वर्ष १७७ ज ना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने जनाएको प्रतिष्ठानले पहिलो चरणमा कास्की, स्याङ्जा, पर्वत, तनहुँ र लम्जुङ पश्चिमी भेगका विभिन्न विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । अर्को हप्ता लमजुङ र गोर्खा, त्यसपछि अन्य जिल्लाहरुमा छात्रवृत्ति वितरण गर्ने जानकारी संयोजक तमुले दिनुभयो ।


यस कार्यक्रममा संस्थाका सल्लाहकार, अक्षयकोषदाताहरु, संस्थापकहरु, अभिभावकहरु, पत्रकारहरु, विद्यार्थी समितिका सदस्यहरु तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।


संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सचिव कन्चन तमुले संचालन गरेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284