ताजा खबर

तमु साँस्कृतिक प्रतिष्ठानद्धारा १६ जना तमु विद्यार्थीलाई छात्रवृत्ति वितरण

   २८ माघ २०७७, बुधबार १७:१०      1,434 views

तमु साँस्कृतिक प्रतिष्ठान नेपालले मंगलवार पोखरामा १६ जना ग्रामीण भेकका सामुदायिक विद्यालयमा अध्ययनरत तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ।

पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित छात्रवृत्ति वितरण कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले उद्घाटन गर्नुहुदै कास्कीका ७ जना, स्याङजाका ४ जना, तनहुका २ जना, लमजुङका एक जना र मुस्ताङका २ जना तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो।


कास्की भुर्जुङखोला स्थित माछापुच्छ«े माविमा अध्ययनरत तिलकुमारी तमुलाई सुर्यरबबिता तमुद्धारा स्थापित स्व.हर्कमान तमु स्मृति छात्रवृत्ति, पृथ्वीनारायण माविमा धम्पुसमा अध्ययनरत आगमन तमुलाई युेक निवासी मे.हितमानरकल्पना तमुद्धारा स्थापित छात्रवृत्ति, शारदा मावि घाचोककी मोनिका तमुलाई युके निवासी सुर्य तमुद्धारा स्थापित पिपल मोर्टगेज छात्रवृत्ति, चन्द्रप्रभा मावि रुपमाकोटकी विनिता घलेलाई लालकाजीररिमा तमुद्धारा स्थापित छात्रवृत्ति, मौजा मोहरियास्थित हिमालय माविमा अध्ययनरत सिर्जना तमुलाई यमकुमार तमु(त्रिलोक)द्धारा स्थापित छात्रवृत्ति, मीन तथा शारदा तमुद्धारा स्थापित छात्रवृत्ति गौरीशंकर मणिलाल माविकी सरस्वती तमु, घान्द्रुकस्थित मेश्रमबराह माविका मनित तमुलाई डा.शेष घलेरजमुना घलेद्धारा स्थापित छात्रवृत्ति वितरण गरिएको हो।

यसरी नै स्याङजाका जीवनज्योति मावि कुसुम भञ्ज्याङमा अध्ययनरत कपित तमुलाई गुरुङ समाज नेदरल्याण्डद्धारा स्थापित छात्रवृत्ति, जामुनेडाडा मावि विरुवाकी भुमिका तमुलाई मे.लक्ष्मीप्रसाद÷हुमकुमारी तमुद्धारा स्थापित छात्रवृत्ति, नविन तमुद्धारा स्थापित सान्द्रा ग्रिन छात्रवृत्ति माझकोट माविका माझकोट शिवालयका जेनिश तमुलाई, डा.शेष घले÷जमुना घलेद्धारा स्थापित छात्रवृत्ति बाँगे फड्केस्थित मैदान माविका कृष्णबहादुर घलेले प्राप्त गरे।


यस्तै गरी तनहुँ लामागाउस्थित जनप्रेमी माविमा अध्ययनरत बुनुमाया तमुलाई अमेरिका निवासी प्रदिप÷जमुना तमुद्धारास्थापित मनबीर तमु स्मृति छात्रवृत्ति, अरनिको मावि भानु १३ मा अध्ययनरत दिलमाया तमुलाई अष्ट्रेलिया निवासी डा.शेष घलेरजमुना घलेद्धारा स्थापित छात्रवृत्ति प्रदान गरिएको थियो।


यसरी नै मुस्ताङ छोसेर लोमोन्थाङस्थित दिव्यदीप माविमा अध्ययनरत छिरिङ डोल्मा तमुलाई डा.शेष घले तथा जमुना घले छात्रवृत्ति र लोमन्थाङकै लाक्पा धुन्डुप तमुलाई तमु धिं एशोसियसन युके छात्रवृत्ति, लमजुङ क्होला सोथर ५ सिङदीस्थित हिमालय माविमा अध्ययनरत ओमप्रकाश तमुलाई प्रदिप तथा जमुना तमुद्धारा स्थापित प्रभाश्री तमु स्मृति छात्रवृत्ति वितरण गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि माननीय इन्द्रधारा विष्ट, विशेष अतिथि तमु समाज पोर्चुगलका अध्यक्ष विकास तमु, पहिलो नेपाल स्टार एलिना तमु, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु, तमु साँस्कृतिक प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीजंग तमु, निवर्तमान अध्यक्ष चिजकाजी तमु, पुर्व अध्यक्ष झम तमु, सल्लाहकार मेनकाजी तमु, सल्लाहकार रुद्रकुमारी मैना तमु, तमु धिं नेपालका केन्द्रिय सदस्य गोपाल तमु लगायतले छात्रवृत्ति वितरण गरेका थिए भने छात्रवृत्ति प्राप्त विद्यार्थीहरुलाई प्रतिष्ठानका उपाध्यक्ष हिरादेवी तमुले व्यक्तिगत रुपमा यातयात खर्च स्वरुप जनही पाँच पाँच सय रुपैया र शैक्षिक सामग्री कपी कलम वितरण गरेकी थिइन्।


कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभासदस्य इन्द्रधारा विष्टले तमु साँस्कृतिक प्रतिष्ठान नेपालले अत्यन्तै उदाहरणीय कार्य गर्दै ग्रामीण भेकका गरिब तथा जेहेन्दार तमु विद्यार्थीको शैक्षिक मार्गनिर्देशक बनेको भन्दै प्रसंसा गरे। शिक्षा नै जीवन र समाज विकासको आधार भएकाले विद्यार्थीहरुलाई शिक्षामा समर्पित हुन उनले आग्रह गरे। सांसद विष्टले प्रतिष्ठानको प्रसंसनीय कार्यमा आफ्नो तर्फबाट सक्दो साथ हुने उद्घोष गरे।


उक्त कार्यक्रममा विशेष अतिथि तमु समाज पोर्चुगलका अध्यक्ष विकास तमु, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमु लगायतले शुभकामना व्यक्त गर्दै शिक्षामा तमु विद्यार्थी र तमुहरुले विशेष जोड दिन आग्रह गरेका थिए। कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष चिजकाजी तमुले स्वागत सहित प्रतिष्ठानको ऐतिहासिक पृष्ठभुमि र गतिविधीका बारेमा प्रष्ट पारेका थिए भने सचिव भेषराज तमुले संचालन र कार्यवाहक अध्यक्ष श्रीजंग तमुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।


उक्त कार्यक्रममा प्रतिष्ठानले तमु समाज पोर्चुगलका अध्यक्ष विकाश तमुलाई माला लगाई स्वागत सम्मान र पहिलो नेपाल स्टार हुन सफल पोखरेली चेली एलिना तमुलाई क्रमुबाट बधाई सम्मान गरिएको थियो भने तमु धिं नेपालको तर्फबाट तमु समाज पोर्चुगलका अध्यक्ष विकाश तमु र प्रमुख अतिथि साँसद इन्द्रधारा बिष्टलाई भाङ्ग्रा लगाएर स्वागत सम्मान गरिएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284