तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्धारा सञ्चालित एक महिने छ्याँडु प्रशिक्षण सम्पन्न
तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित एक महिने छ्याँडु प्रशिक्षणको समापन समारोह आइतबार बगर स्थित भानु सभा हलमा सम्पन्न भएको छ ।

गत भदौ २८ गतेदेखि शुरु भएको यो प्रशिक्षणको समापन कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय मनबहादुर गुरुङले दिप प्रज्वलनका साथै त्हौं र छ्यँला बजाएर गर्नुभएको थियो ।
प्रमुख अतिथि गुरुङले आफ्ना पुस्तासम्मका युवाहरु विदेशिए ता पनि अवकाश पश्चात् स्वदेशमै फर्किएर परिवारसङ्ग बस्ने र समाजका विभिन्न गतिविधिमा सम्लग्न भइ संस्कृति जगेर्नामा लागिरहे पनि अहिलेका युवाहरु विदेशतिरै पलायन हुने बढ्दो क्रम भएको यो अवस्थामा यस्तो लोपोन्मुख संस्कृति संरक्षणको लागि यो उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा तमु साँस्कृतिक प्रतिष्ठान नेपाल र गण्डकी प्रज्ञा प्रतिष्ठान प्रती आभार व्यक्त गर्नुभयो ।
साथै यस्ता कार्यक्रम धेरै भन्दा धेरै संचालन गर्न पनि सुझाव दिनुभयो । कार्यक्रममा प्रशिक्षार्थी हेमबहादुर तमु, छ्याडु गुरु भिमबहादुर तमु, रेडियो नेपाल प्रादेशिक प्रशारण, पोखराका उप–प्रमुख शान्ती तमु, तमु धि नेपालका अध्यक्ष हुम तमु, गण्डकी प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति गोरे तमु, संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले मन्तव्य राख्नुभएको थियो ।
मनमा जोश, जाँगर र उर्जाका साथ दिनको दुई घण्टाको दरले एक महिना सम्म प्रशिक्षणमा सिकेका १५ भन्दा धेरै तालहरु बजाएर प्रशिक्षार्थीहरुले गुरुहरुसङ्गै कार्यक्रममा छ्याडु नृत्य प्रदर्शन गरेका थिए । प्रशिक्षक (गुरु) हरु दानबहादुर तमु, भिमबहादुर तमु र कुलप्रसाद तमुलाई फेटा, प्रमाणपत्र, मायाको चिनो र नगदले सम्मान गरेको यस कार्यक्रममा प्रशिक्षार्थीहरु मध्ये जोगीमणी तमु समाजका लोकबहादुर तमुलाई सहायक प्रशिक्षक, मिलिजुलीतमु समाजका खड्कबहादुर तमुलाई जेष्ठ प्रशिक्षार्थी, ताङ्तिङ दुधपोखरी तमु समाजका क्या. भक्तराज तमु र क्होला दिप समाजका गमबहादुर तमुलाई उत्कृष्ट प्रशिक्षार्थी छनौट गरि फेटाले सम्मान गरियो ।
३२ वटा तालहरु भएको यो नृत्य विशेष गरि तमु समुदायको पितृकार्य पय (अर्घौं) को दोस्रो दिन हृ (अस्तु) ल्याएपछि नाच्ने गरिन्छ । प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचिव कन्चन तमुले सन्चालन गरेको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38