तमू धीं नेपालले पुस १२ देखि १६ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि ल्होछार मनाउँदै
तमु जातिको महान चाड, नयाँवर्ष तमु ल्होछार २०७७ तमु धिं नेपालले विविध कार्यक्रम गरी मनाउने भएको छ। च्यु ल्हो (मुसा वर्ग) को विदाई र ल्वों ल्हो (गाई वर्ग) आगमनको अवसरमा पुस १२ गते देखि १६ गतेका कार्यक्रमहरु गरी मनाउने भएको हो ।

कोभिड १९ कोरोना भाईरसको संक्रमणको अवस्था रहेकाले विगतमा जसरी भिडभाड नगरी सिमित संख्यामा स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै पुस १२ गते जुम भर्चुयल ल्होछार शुभकामना आदानप्रदान, पुस १३ गते तमु धिं नेपालमा शुभकामना आदानप्रदान, सम्मान, पुरस्कार, छात्रवृत्ति वितरण, साँस्कृतिक कार्यक्रम र चियापान कार्यक्रम गरी मनाउने भएको छ।
यस्तै गरी पुस १४ गते बेलुका तमु ह्युला चोकमा ल्वों ल्हो(गाई वर्ग)लाई स्वागतका लागि दीप प्रज्वलन, बेलुका घर घरमा दिपावली, पुस १५ गते समाजहरु, क्होइबो, गुम्बा, घरपरिवारमा सुरक्षित तरीकाले ल्होछार मनाउन तमु धिले आग्रह गरेको छ।
यसरी नै विगत करिब एक दशकदेखि पुस १६ गते कस्केली तमु संघ संस्थाहरुले सामुहिक रुपमा मनाउदै आएको ल्होछार÷ल्होसारलाई निरन्तरता दिने र तमु धिं नेपालको प्राङ्गणमा तमु ल्होछार मनाउने भएको छ।
उक्त दिन तमुहरुको परम्परा खेल खुल्ला छेलो प्रतियोगिताले समेत निरन्तरता दिने भएको छ।सामुहिक ल्होछार÷ल्होसार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने सामुहिक ल्होछार÷ल्होसार मुल आयोजक समितिका संयोजक तमु कलाकार संघ गण्डकीका अध्यक्ष सुरेन्द्र तमुले जानकारी दिए।
पुुस १३ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा तमु धिं नेपालले विगतमा वितरण गर्दै आएको सम्मान, पुरस्कार, छात्रवृत्तिहरु वितरण गरिने तमु धिंले जनाएको छ।
जस अनुसार कर्णेल तिर्थ कुमारी समाज सेवा सम्मान स्मृति पुरस्कारबाट शान्ति रुपा बराहथो तमु समाजका अध्यक्ष सुवेदार तुलबहादुर तमु, सन्तबहादुर तमु समाज सेवा सम्मान स्मृति पुरस्कारबाट समाजसेवी नागबेली तमु समाजकी हिरादेवी तमु, डा.हर्क–चन्द्र–सन्त स्मृति उच्च शिक्षा पुरस्कार अधिवक्ता जुनाकुमारी तमु(एलएलएम)लाई पुरस्कृत, सम्मानित गरिने भएको छ।
यसरी नै तमु धिं नेपाल आदिवासी हर्कबहादुर तमु स्मृति पुरस्कारबाट वरिष्ठ लोकगायक अमर बिहरी तमु, समाजसेवी पौरखी नेपालका निवर्तमान अध्यक्ष मञ्जु गुरुङ पुरस्कृत र समाजसेवा सम्मानबाट एनआरएन हङकङका अध्यक्ष राधिका(टिका) तमु, कला साहित्य सम्मानबाट गितकार, संगीतकार, लेखक एकेन्द्र तमु(युके)लाई सम्मान गर्ने निर्णय भएको बताइएको छ।
यसरी नै धनबहादुर लामिछाने स्मृति पुरस्कारबाट लामो समय देखि तमु भाषामा योगदान दिनुभएका रत्नबहादुर तमु(स्याङजा सिरुबारी हाल काठमाडौं)लाई सम्मान गरिने भएको छ।
यस्तै गरी सुनिल गुरुङ स्मृति छात्रवृत्ति महेन्द्रबहुमुखी क्याम्पसमा अध्ययनरत सुस्मिता तमु, माउण्ट अन्नपुर्णमा अध्ययनरत गरिब तथा जेहेन्दार एलिना तमु र तनहु सतिस्वाँराका अभिषक तमुलाई र आकृति गुरुङ स्मृति छात्रवृत्ति खिलाङ तमु समाजका प्रकाश तमु, ताङतिङका प्रबिण तमु र तनहुँ भोटेनीकी अश्मी तमुलाई प्रदान गरिने निर्णय भएको अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38