ताजा खबर

तमू प्ये ल्हु संघ चितवनद्धारा वृहत ल्होसार कार्यक्रम आयोजना

   ११ पुष २०७७, शनिबार २१:०९      1,135 views

चितवन –गुरुङ समुदायको आफ्नै मौलिक धर्म संस्कार र संस्कृति रहेकोले सबै गुरुङ समुदायले अब यो कुरा बुझ्न जरुरी रहेको तमु प्ये ल्हु संघ नेपालका अध्यक्ष हितकाजी गुरुङले बताउनुभएको छ ।


तमु प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनले आज नारायणी नदी किनारमा आयोजना गरिएको बृहत तमु ल्होसार तथा जनगणनामा बोन धर्म लेखौ लेखाऔ अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै संघका अध्यक्ष गुरुङले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले गुरुङको कुनै पनि देउता नहुने भन्दै कुल पितृ नै गुरुङको देउता रहेको बताउनुभयो।

गुरुङ समुदायले देउताको रुपमा आफ्नै कुल पितृलाई पुज्ने गरेको साथै प्रकृतिलाई पुजा गर्ने रहेकोले समुदायको आफ्नो मौलिक धर्म वोन रहेकोले अब समुदायले यो कुरा बुभ्mन जरुरी रहेको बताउनुभयो। ‘हाम्रो आफ्नै मौलिक धर्म संस्कार संस्कृति रहेको छ त्यसैले अरु धर्मको सहारा लिन जरुरी छैन’ –उहाँले भन्नुभयो।

उहाँले तमु जातिले आफ्नो धर्म, संस्कार, पहिचान बुझ्नु पर्ने बेला आएको र अबका दिनमा नअल्मलिन आग्रह गर्नुभयो। हाम्रो बाटो र संस्कारले, पहिचान र मौलिकतालाई ठूलो आधार बनाएकोले यसैमा गर्व गर्नु पर्ने उहाँले बताउनुभयो। सम्बोन्धनकै क्रममा उहाँले आफ्नो इतिहास, मौलिकता, पुरोहित तथा चाडपर्वलाई हामीले बिर्सन नहुने जिकिर गर्नुभयो।

आदिमकालदेखिको इतिहासलाई अहिलेको पुस्ताले बिर्सिएको उहाँले आरोप पनि लगाउनुभयो। मौलिकता र प्रकृति गुरुङको धर्म भएको र यसलाई नै मान्न उहाँले जोड दिनुभयो।

यस्तै केन्द्रीय अध्यक्ष गुरुङले आगामी वर्ष नेपालमा हुने २०७८ सालको राष्ट्रिय जनगणनामा सबै गुरुङहरुलाई धर्मको महलमा वोन धर्म लेख्न आग्रह गर्नुभयो। उहाँले अब हुने जनगणनामा सबै गुरुङ समुदायले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरि आफ्नो मौलिक धर्मलाई स्थापित गराउन बोनधर्म लेखाउनु पर्नेमा जोड दिनुभयो।

यसैगरी कार्यक्रममा विशिष्ट अतिथि रहनुभएका तमु प्ये ल्हु संघ नेपालका केन्द्रीय महासचिव हर्क गुरुङले २०७८ सालमा हुन गैरहेको राष्ट्रिय जनगणनामा गुरुङहरुको धर्म बोन लेखाउन तमु प्ये ल्हु संघ चितवनले गरेका अभियानहरुको खुलेर प्रशंसा गर्नुभयो।

संघको जति पनि भएका शाखाहरु मध्य चितवन जिल्ला समितिले बोन धर्म लेख्नेलेखाउने अभियानमा गरेको काम अहिलेसम्मकै उत्कृष्ट रहेको उहाँले बताउनुभयो। ‘यो अभियानमा चितवनले आफु अघिअघि बढेर अरुलाई समेत झकझकाउदै पछि पछि हिड्न लगाएको छ’ –उहाँले भन्नुभयो।


कार्यक्रममा बागमती प्रदेशका सभासद तथा राष्ट्रिय सभाका सदस्य रिना गुरुङ, पूर्व आईजीपी हेमबहादुर गुरुङ, पूर्वमन्त्री इन्द्रबहादुर गुरुङ, तमु प्ये ल्हु संघ नेपालका केन्द्रीय महासचिव हर्क गुरुङ लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284