ताजा खबर

बेल्जियमका तमू समुदायद्धारा गण्डकी प्रदेशलाई ३ थान अक्सिजन कन्सनट्रेटर मेसिन प्रदान

   २५ आश्विन २०७७, आईतवार १९:११      1,273 views

बेल्जियममा बसोबास गर्ने तमू समदायले आज व्यक्तिगत रुपमा संकलन गरेको रकमबाट गण्डकी प्रदेश सरकारलाई तीन थान अक्सिजन कन्सनट्रेटर मेसिन प्रदान गरेको छ ।

कोरोना महामारीको बेला प्रदेश सरकारलाई थोरै भएपनि प्रवासबाट सहयोग गर्ने हेतुले सो मेसिन उपलब्ध गराएको सहयोगी दाताहरुले जनाएको छ ।


आज गण्डकी प्रदेश कार्यालयमा मेसिन हस्तान्तरण गर्दै एनआरएन युकेका प्रमुख संरक्षक तथा पुर्व अध्यक्ष मेजर डमर घलेले विदेशमा बसोबास गर्ने थुप्रै तमूहरुले अहिले देशमा भएको कोरोना महामारीका बेला धेरै पटक सहयोग गरेको र यसैको शिलशिलामा बेल्जियममा बसोबास गर्ने तमू समुदायले पनि सो अभियानमा सघाएको बताउनुभयो ।


साथै उहाँले आफूलाई विश्वास गरी सम्पूर्ण कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी प्रदान गरेको भन्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

मेसिन हस्तान्तरण कार्यक्रममा बोल्नहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै नेपाली तथा तमू दाजुभाइ दिदीबहिनीहरुले विश्वभरबाट आफूहरुलाई अप्ठयारो परेको बेला सहयोग गरेको भन्दै सबै सहयोगीहरुप्रति आभार व्यक्त गर्नुभयो ।


साथै उहाँले बेल्जियममा बसोबास गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै सबैको सु–स्वाथ्य र सुख शान्तिको कामना गर्नुभयो । आज प्रदान गरिएको ३ थान मेसिन २ लाख ५२ हजार बराबरको रहेको कार्यक्रम संयोजक मेजर डमर घलेले जानकारी दिनुभयो ।

सो मेसिन खदिर गर्नका लागि नन्दकुमारी गुरुङ र श्रीमान कर्णबीर गुरुङ ठानामौला नेपाने पर्वत अध्यक्ष तमू समाज बेल्जियम, पदमबहादुर प्रवासी गुरुङ र श्रीमती बबिता गुरुङ नजरे साम्रो लमजुङ, टंकप्रसाद गुरुङ र डोल्मा गुरुङ ताङलिचोक मस्र्याङदी लमजुङ, बालेन्द्र गुरुङ र दिपा गुरुङ बराल डाँडा कास्की, प्रदिप घले र काशी घले भरतपुर चितवन, खगेन्द्र (सोम) गुरुङ र शेरकुमारी गुरुङ थप्रेक रतनपुर तनहुँ, गंगाबहादुर गुरुङ र मिनामाया गुरुङ मिया पाटन पोखरा, राजु गुरुङ र ईश्वरी गुरुङ शान्तिटोल पोखरा, चित्र गुरुङ र मनु गुरुङ अन्नपूर्ण हाउजिङ तालचोक पोखरा, कुमार गुरुङ र मुना गुरुङ रुपाकोट भिर्चोक कास्की, राम घले र सुष्मा घले बार्पाक गोरखा, राजेन्द्र गुरुङ र रोशनी घले क्होला सोंथर लमजुङ, चन्द्रकुमारी गुरुङ (इशा) महासिला गाउँपालिका लामे पर्वत, विकास गुरुङ (सुबास) र स्मृति गुरुङ भगंरा पर्वत, चित्रजंग गुरुङ (केशबहादुर) र धनकाशी गुरुङ घाम्राङ लमजुङले व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्नुभएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284