ताजा खबर

तमू साँस्कृतिक प्रतिष्ठानको १९औं वार्षिकोत्सवमा पोखरामा तीन जना स्रष्टा सम्मानित

   ११ माघ २०७६, शनिबार २०:३८      1,163 views

तमू साँस्कृतिक प्रतिष्ठान नेपालको १९औं वार्षिकोत्सव, स्रष्टा सम्मान एवम् छात्रवृत्ति वितरण कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सुचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले तमूहरुले राष्ट्रिय विकासमा पनि योगदान दिनुपर्ने बताउनुभयो । सामाजिक क्षेत्रमा धेरै योगदान रहे पनि अन्य क्षेत्रमा तमूहरुको खासै प्रभाव नरहेकाले शैक्षिक लगायत राष्ट्रिय विकासमा ध्यान दिनुपर्ने आग्रह गर्नुभयो ।


जसका लागि उहाँले संविधानले दिएको हक अधिकारको तमूहरुको पुर्ण उपयोग गर्नुपर्ने बताउनुभएको छ । शैक्षिक क्षेत्रमा तमू साँस्कृतिक प्रतिष्ठान नेपालले पु¥याएको योगदानको प्रसंसा गर्नुहुदै उहाँले संविधानले भाषिक, कला, संस्कृति लगायतको सामुदायिक अधिकार प्राप्त गर्न गुरुङहरु सक्षम बन्नुपर्ने बताउनुभयो ।

भाषा आयोगको व्यवस्था संविधानले गरेको छ, भाषाको विकासका बारेमा तमूहरुले त्यसप्रति चासो दिनुपर्दछ उहाँको सुझाव थियो। यसरी नै उहाँले गुरुङ समुदायले अब शुरु हुने जनगणनाका बारेमा सचेत बन्नुपर्ने आग्रह गर्नुभयो। जनगणनामा विभिन्न तथ्यांकहरुसँग सम्बन्धित भएकाले सचेत रहन उहाँको विशेष जोड थियो ।

कार्यक्रममा तमू धीं युकेका उपाध्यक्ष हरि गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै प्रतिष्ठानले शैक्षिक, सामाजिक, कला, संस्कृति क्षेत्रमा प्रसंशनीय कार्य गर्दै आइरहेकाले तमू धीं युकेको निरन्तर साथ सहयोग रहने बताउनुभयो । हाल वितरण गरिरहेको छात्रवृत्ति मध्ये करिब ९० जना विद्यार्थीलाई तमू धीं युकेको पहलमा छात्रवृत्ति प्रदान गर्न आफूहरु सफल भएको उहाँको भनाई थियो ।


कार्यक्रममा घनबहादुर तमू स्मृति पुरस्कारबाट साहित्यकार तेजबहादुर च्हाक्ली तमूलाई नगद २० हजार सहित सम्मानपत्रले सम्मान गरिएको थियो । उक्त पुरस्कारका लागि स्वर्गिय घनबहादुर तमूको परिवारबाट स्मृतिकोष स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।


यसरी नै क्या.मिनबहादुर गुरुङ (डाँफे बाजे) स्मृति पुरस्कारबाट लोक तथा गुरुङ गीत संगीतमा लामो योगदान दिनुभएका गायक, संगीतकार तथा नृत्य निर्देशक धनबहादुर गुरुङ १० हजार सहित सम्मान पत्रबाट सम्मानित हुनुभयो । उक्त पुरस्कारका लागि प्रतिष्ठानले क्या.मिनबहादुर गुरुङको स्मृतिमा छ्याँडु प्रतियोगिता आयोजना गरी कोष स्थापना गरिएको कोषाध्यक्ष कौशिला गुरुङले जानकारी दिनुभयो ।


यस्तै गरी कार्यक्रममा पार्वता स्मृति समाजसेवी सम्मान पुरस्कारबाट वरिष्ठ समाजसेवी मनबीर गुरुङ (ढासा बाजे) सम्मानित हुनुभयो । प्रतिष्ठानका पुर्व अध्यक्ष तथा सल्लाहकार गिरीप्रसाद गुरुङले स्वर्गीय आमाको स्मृतिमा उक्त अध्यक्षकोष स्थापना गरी समाजसेवी, पत्रकार, चलचित्रकर्मीलाई पालैपालो सम्मान गर्दै आउनुभएको वरिष्ठ उपाध्यक्ष श्रीजंग गुरुङले बताउनुभयो ।


यसरी नै लालशोभा उत्कृष्ठ आमा सम्मानबाट यसवर्ष तमू विद्यार्थीहरु मध्येबाट नेपालमै उत्कृष्ठ अंक प्राप्त गरी एसईई उतिर्ण गरेकी अन्नपुर्ण मावि सिक्लेसकी स्नेह गुरुङकी आमा बेलसुवा गुरुङलाई सम्मानित गरिएको थियो भने उत्कृष्ठ विद्यार्थी छात्रवृत्ति पवन गुरुङलाई २० हजार रुपैया र दाता ज्ञाम गुरुङको तर्फबाट ४० हजार रुपैया प्रदान गरिएको थियो ।

सम्मानित तथा पुरस्कृतहरुलाई प्रमुख अतिथि महेन्द्रमान गुरुङ, कोषका दाताहरु र प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले सम्मान गर्नुभएको थियो।


कार्यक्रममा सम्मानितहरुको तर्फबाट तेजबहादुर च्हाक्ली र पवन गुरुङले मन्तव्य व्यक्त गर्नुहुदै प्रतिष्ठान र अक्षयकोषदाताहरुप्रति आभार व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा गायक धनबहादुुर गुरुङ, निशा गुरुङ र नवगायिका एलिना गुरुङले गीत प्रस्तुत, विद्यार्थी समिति, सिक्लेस सभाथर दिदीबहिनी समुह र स्नेह गुरुङले नृत्य प्रस्तुत गरेका थिए भने स्नेह गुरुङले कविता वाचन समेत गर्नुभएको थियो।


तमू साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वरिष्ठ उपाध्यक्ष श्रीजंग गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284