ताजा खबर

तमू ह्युल छोंज धि गण्डकी प्रदेशद्धारा तमू कलाकार र तमू सञ्चारकर्मीलाई ६७ हजार आर्थिक सहयोग

   १५ असार २०७७, सोमबार २०:२६      1,256 views

तमू ह्युल छोंज धि (गुरुङ राष्ट्रिय परिषद) गण्डकी प्रदेश , तमू ह्युल छोंज धि कास्की र तमूस्यो ह्युल छोंज धि कास्कीद्धारा तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल र तमू कलाकार संघ गण्डकी प्रदेश समितिको राहत कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।

दुवै संस्थालाई जनही ३३ हजार ५ सयका दरले कुल ६७ हजार रुपैंया आर्थिक सहयोग गरेको हो ।
उक्त रकम जुटाउन संस्थागत मात्रै नभइ छोंज धीमा आबद्ध सबै व्यक्तित्वहरुले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेको थियो भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति धम्पुस र ल्वाङघलेल पनि १०/१० हजार आर्थिक सहयोग गरेको छ ।

जम्मा भएको सबै रकमबाट दुई वटा संस्थालाई आधा आधा सहयोग प्रदान गरिएको तमू ह्युल छोंज धीका केन्द्रिय सदस्य तथा कार्यक्रमका सञ्चालक चेतबहादुर गुरुङले जानकारी दिनुभयो ।


रकम हस्तान्तरण गर्दै तमू ह्युल छोंज धि गण्डकी प्रदेशका संरक्षक तथा केन्द्रिय सचिवालय सदस्य तथा कार्यक्रमका प्रमुख अथिति दलबहादुर गुरुङले तमू कलाकार र तमू पत्रकार दुवै आफूहरुको लागि उत्तिकै प्रिय र सहयोगी रहेको भन्दै आउने दिनमा पनि यी दुवै संस्थालाई सहयोग गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा तमूस्यो ह्युल छाेंज धि कास्कीका अध्यक्ष जुनकुमारी गुरुङ, तमू कलाकार संघ गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ, तमू सञ्चारकर्मी संघका केन्द्रिय महासचिव रोशनी गुरुङ, तमू ह्युल छोंज धि कास्कीका सचिव आशबहादुर गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङका अध्यक्ष ओमप्रसाद गुरुङ लगायतले बोल्नु भएको थियो ।


तमू ह्युल छोंज धि कास्कीका पुर्व सचिव वर्तमान केन्द्रिय सदस्य चेतबहादुर गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका गण्डकी प्रदेश उपाध्यक्ष दिलमाया गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।


कार्यक्रम समापन गर्दै तमू ह्युल छोंज धि गण्डकी प्रदेशका अध्यक्ष पदमबहादुर गुरुङले कलाकार पत्रकार सबै आफनो लागि उत्तिकै प्रिय भएको भन्दै अहिले आफूहरुले सहयोग गरेता पनि आउने दिनमा यी दुवै संस्थाले आफूहरुलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

साथै उहाँले तमू कलाकारले गाउँमा सिमित भई लोप हुने अवस्थामा पुगेको ठाडो भाका, कौडा लगायतको गीतको संरक्षण गर्नुपर्ने र तमू पत्रकारहरुले खास गरि पोखरामा तमू संघ संस्थाबीच रहेको मतभेद हटाई तमू एकता गर्नको निम्ती विषेश भूमिका खेल्नुपर्ने बताउनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284