ताजा खबर

तमू ह्युल छोंज धीको केन्द्रीय अध्यक्षमा चितवनका कर्ण बहादुर गुरुङ निर्वाचित

   २९ चैत्र २०७८, मंगलवार २१:२२      880 views


तमु ह्युल धोँज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका कर्णबहादुर गुरुङ निर्वाचित भएको छ ।

चितवनमा आज सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका गुरुङ अध्यक्षमा निर्वाचित भएको हो।


चितवनको भरतपुर–१९ का वडाध्यक्ष समेत रहेका गुरुङ को अध्यक्षतामा महाधिवेशनले ६७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसमध्ये ५ जना मनोनित भएकाहरु छन्।


यस्तै महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा काठ्माण्डौका आरवि तमू, उपाध्यक्षहरुमा स्याङजाका यमबहादुर तमू, ओखलढुङगाका टेकबहादुर तमू, गोर्खाका नरबहादुर तमू, तनहुँका धनमान तमू, लमजुङका मेनबहादुर घले, खोटाङका लक्ष्मण तमू, महिला उपाध्यक्षमा गोर्खाका भगवती तमू निर्वाचित गरेको छ ।


महासचिवमा सुनसरीका डम्बरबहादुर तमू, सहमहासचिवमा कास्कीका मनोज तमू, उपमहासचिवहरुमा गोर्खाका राजु तमू र दिल तमू, सचिवहरुमा चितवनका सन्तलाल तमू, धादिङका गोपाल तमू, प्युठानका जिएस तमू, महिला सचिवमा काठ्माण्डौका देवकुमारी तमू, कोषाध्यक्षमा स्याङजाका सिरीप्रसाद तमू, सहकोषाध्यक्षमा ललितपुरका गंगाबहादुर तमू निर्वाचित भएको छ ।

यस्तै प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर १ मा केशरमान तमू, मधेस प्रदेशमा एकबहादुर तमू, बागमती प्रदेशमा गणेशबहादुर तमू, गण्डकी प्रदेशमा दलबहादुर तमू, लुम्बिनी प्रदेशमा झपटबहादुर तमू, कर्णाली प्रदेशमा नन्दबहादुर तमू, सुदुरपश्चिम प्रदेशमा मनबहादुर तमू निर्वाचित भएको छ भने काठ्माण्डौ उपत्यका प्रमुखमा लोकबहादुर तमू, सचिवालय सदस्यमा हरिमाया तमुलाई निर्वाचित गरेको छ ।


महाधिवेशनले १९ जना पदाधिकारी, ७ जना प्रदेश प्रमुख, ३९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ । परिषद्को राष्ट्रिय महाधिवेशनबाट चितवनका ५ जना केन्द्रीय नेतृत्वमा पुगेका छन् । चितवनबाट केन्द्रीय अध्यक्ष कर्णबहादुर तमू, सचिवमा सन्तलाल तमू, बागमती प्रदेशमा गणेशबहादुर तमू, केन्द्रीय सदस्यहरुमा हिमाल तमू, भैखुकुमारी तमू निर्वाचित भएका छन् ।

महाधिवेशनले तमू बौद्ध सेवा समिति विशेष संगठनबाट सदस्यमा टिकाराम तमू, अनुशासन समिति संयोजकमा केवलमान तमू, लेखा समिति संयोजकमा खेमजङ तमूलाई निर्वाचित गरेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284