ताजा खबर

ताङतिङबासीको प्रिय ‘बहीदार बा’ को जीवनीमा आधारित पुस्तक सार्वजनिक

   ६ असार २०७९, सोमबार २०:३२      999 views

कास्कीको मादी गाउँपालिका वडा नं. २ ताङतिङ क्षेत्रका समाजसेवी हर्कजङ गुरुङको जीवनीमा आधारित पुस्तक ‘हर्कजङ गुरुङ, बहीदार बा’ सोमबार पोखरामा विमोचन गरिएको छ ।

वि.सं.२०५२ मा ७० वर्षको उमेरमा निधन भएका समाजसेवी हर्कजङको योगदानलाई उनकै गाउँका शिक्षासेवी प्रकाश गुरुङले लिपिबद्ध गरेर पुस्तकको रुप दिएका हुन्। पुस्तकमा बहीदार बाले गरेका कामको वर्णन गरिएको छ ।


उनले ताङतिङमा हिमालय मिलन मावि स्थापना गर्न, गाउँमा चिठीपत्र पढेर गाउँलेलाई सघाउन, पोखरामा ताङतिङ दूधपोखरी समाज स्थापना गर्न र गाउँमा खानेपानीको व्यवस्थापन, पुलपुलेसा निर्माण, बाटो निमार्णमा खेलेको अग्रणी भूमिकाको चर्चा गरिएको छ ।


जनबोलीमा ‘बहीदार बा’ र ‘प्रधान बा’ का रुपमा सम्मानित थिए हर्कजङ । उनी करिब दुई दशक तत्कालीन नामार्जुङ देउराली गाउँ पञ्चायत (हालको मादी गाउँपालिका वडा नं २)को प्रधानपञ्च बनेका थिए । यसरी नेतृत्वमा पुगेका बेला उनले जनमुखी काम गरेर स्याबासी पाएका थिए ।

समग्रमा यो पुस्तक प्रेरणादायी दस्तावेज बनेको विमोचन कार्यक्रममा टिप्पणी गरिएको छ ।
‘गाउँको विकासमा योगदान पुर्याउने यस्ता असल मान्छेको विषयमा पुस्तक लेख्नु राम्रो काम हो’, कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले भने, ‘हर्कजङको जीवनकथा पढ्दा समाजका लागि सत्कर्म गर्न प्रेरणा मिल्छ ।’


बहीदार बाको २७औं स्मृति दिवसका अवसरमा ताङतिङ दूधपोखरी समाजले पुस्तक विमोचन कार्यक्रम गरेको हो । पुस्तकको प्रकाशन स्व.हर्कजङ गुरुङका सुपुत्र क्याप्टेन गौबहादुर गुरुङ (एम.बि.ई.) हुन् । कार्यक्रममा उनले बेलायतबाट पठाएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
‘समाजका लागि बाँच्नेहरु अमर हुन्छन्’, पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार अमृत भादगाउँलेले भने, ‘वितिसकेका मान्छेको योगदान खोजबिन गरेर पुस्तक लेख्नु चानचुने काम होइन । त्यसैले लेखकलाई धन्यवाद छ’


समाजका अध्यक्ष वीरध्वज गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्ण के.सी, समाजसेवी क्याप्टेन पूर्णबहादुर लामा, बहीदार बाकी छोरी खासामाया गुरुङ, छोरा हिराजङ गुरुङ र शिक्षिका कुमारी गुरुङले स्व. हर्कजङको योगदानको चर्चा गरेका थिए ।


बहीदार बाका सन्तानले बाबाको नाममा समाजसेवीलाई बर्सेनी सम्मान गर्न अक्षयकोष राखेका छन् । हिमालय मिलन माविमा उत्कृष्ट शिक्षक, मादी गाउँपालिका वडा नं २ कार्यालयमा आदर्श नागरिक पुरस्कार, ताङतिङ दुधपोखरी समाजमा समाजसेवी पुरस्कार स्थापना गरेका छन् । यसपाली ताङतिङ दुधपोखरी समाजका तीन जना समाजसेवीहरु स्व. श्रवणसिंह गुरुङ, श्रीप्रसाद गुरुङ र विरमाया गुरुङलाई सम्मानित गरियो ।

यस अघि ‘ताङतिङ मेरो गाउँ’ पुस्तक लेखेर चर्चित बनेका शिक्षासेवी प्रकाशले ‘बहीदार बा’ पुस्तकपछि लाहुरे संस्कृतिमा आधारित अर्को पुस्तक लेख्ने तयारी गरिरहेको जानकारी दिएका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284