तामाङ बौद्ध सेवा समितिद्वारा डा.दिनेश तामाङलाई सम्मान
तामाङ बौद्ध सेवा समिति संगमटोल– १३ पोखराले एक कार्यक्रमको आयोजना गरी डा. दिनेश स्याङबो तामाङलाई सम्मान गरेको छ ।
इटालीको सियाना विश्वविद्यालयबाट छन् प्रविधि विषयमा ९एज्म्० हाँसिल गरी नेपाल आएका तामाङलाई संघले सम्मान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा. गणेशमान गुरुङले सक्षम र योग्य व्यक्तिलाई देशमै अडिरहने वातावरण नभएको र हरेक क्षेत्रमा नातावाद र कृपावाद हावी रहेको गुनासो पोखे । उनले भने “लाखौं खर्चेर अनेकन संघर्षले अध्ययन सकेर देश फर्केका युवालाई जागिरमा नियुक्ति गर्दा कुन पार्र्टीको, कसको मान्छे भनेर सोधेर मात्र नियुक्ति गर्छ भने यो भन्दा दुखद के हुन सक्छ ?” यद्यपि हरेक मानिसमा मानवियता, सामाजिक राजनैतिक चेतना भने हरेकमा हुनु अत्यन्तै महत्त्वपूर्ण कुरा रहेको पनि उनले बताए ।
कार्यक्रममा सम्मानित हुनुभएका डा. दिनेश तामाङले आफ्नो शैक्षिक यात्राको अनुभव साटेका थिए ।

कार्यक्रममा नेपाल तामाङ संघीय घेदुङका उपाध्यक्ष दीपक तामाङ, घेदुङ कास्कीका सचिव मिनमाया तामाङ साथै महानगर घेदुङ पोखराका प्रमुख सल्लाहकार टेकबहादुर स्याङ्बो लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष शेरजङ वाईबाले स्वागत मन्तव्य राखेका थिए भने सचिव पवित्रा तामाङको कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38