ताजा खबर

दानपेटिकाको रकमले मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई सहयोग

   ११ पुष २०७७, शनिबार २०:४६      1,340 views

पोखरा फोटोग्रफर संघ महिला उपसमितीले आफ्नो तिजको दर खाने रकम कटौटी गरि राखिएको दानपेटीकाको रकमकबाट साथी संसार नेपाल का मस्तिस्क पक्षघाट भएका बालबाकिाहरुलाई रु १७ हजार बराबरको खाधान्न सामाग्री प्रदान गर्यो ।

पोखरा फोटोग्राफर संघ महिला उपसमिति को सहायोग पेटीकामा जम्मा भएको रकम लाई प्रत्येक बर्ष कुनै न कुनै शिर्षकमा सहयोग गरिदै आएको थियो ।

समाजमा रहेर आफुले मनोरञ्जन गर्नुको सट्टामा पोखराका महिला फोटोग्राफरहरुले जम्मा गरेको सहयोग पेटिकाको रकम बाट बिभिन्न समयमा सहयोग हस्तान्तरण गरिदै आएकोमा यस पटक मस्तिस्क पक्षघात भएका बालबालिकाहरुलाई छनोट गरिएको मा कोरोनाको असहज परिस्थीतीले सामाग्री हस्तान्तरणमा केहि ढिलाहुन पुगेको पोखरा फोटोग्राफर महिला उपसमितीकी संयोजक पुर्ण कुमारी थापाले बताईन ।

शारीरीक साथै मस्तिस्क पक्षघात भएका असहज परिस्थीतीमा गुर्जीएका बालबालिकाहरुको लागि पोखरा फोटोग्राफर संघका महिला फोटोग्राफर दिदीबहिनीहरुबाट भएको सहयोगमा आभार ब्यक्त गर्दै यस्तै सहयोगको आपेक्षा राख्दै धन्यवाद ब्यक्त गरिन साथी संसार नेपाल की खुम कुमारी रानाले ।

पोखरा फोटोग्राफर संघकी कार्यसमिती सदस्य नन्दकला पौटेलले संचालन गरेको कार्यक्रमका संस्थाका गतिबिधी सहित यो कार्यक्रम बार्षिक कार्य योजना अनुसार गरिएको र संस्थाले गर्ने सामाजिक कार्यक्रम मध्ये महत्वपुर्ण कार्यक्रम रहेको पोखरा पोटोग्राफर संघका अध्यक्ष रबिनाथ दाहालले बताए ।

कार्यक्रममा पोखरा फोटोग्राफर संघका निर्बतमान अध्यक्ष तुलसीराम सुवेदी , कैलास सहकारी संस्थाका संस्थापक अध्यक्ष नबिनराज पौडेल , पुर्व अध्यक्ष जिवन ढुंगाना तथा पोटोग्राफर संघका आजिवन तथा महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284