ताजा खबर

दुधपोखरी तमु समाज महिला समितिले नारी दिवस मनायो , सफल नारी सम्मानबाट शान्ति गुरुङ सम्मानित

   २४ फाल्गुन २०७५, शुक्रबार २२:१३      2,900 views

पोखरा १२,  माटेपानीस्थित दुधपोखरी तमु समाज महिला समितिले १०९ औं अन्र्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सफल नारी सम्मान २०७५ बाट बरिष्ट सञ्चारकर्मी, तमु प्ये ल्हु संघ केन्द्रीय समितिकी महासचिव शान्ति गुरुङ सम्मानित हुनुभएको हो।सम्मानित गुरुङलाई सफल नारी सम्मान पुरस्कार अक्षयकोषदाता पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ गुरुङकी स्वकीय सचिव मञ्जु गुरुङ र आयोजक दुधपोखरी तमु समाज महिला समितिकी अध्यक्ष फुलमाया गुरुङले १० हजार र सम्मानपत्रले सम्मान गरिएको हो।रेडियो नेपालमा बरिष्ठ सम्पादक, तमु सञ्चारकर्मी संघ कास्कीका अध्यक्ष, तमु प्ये ल्हु संघ केन्द्रीय समितिकी महासचिव जस्तो गरिमामय पदमा रही सञ्चार र सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि सफल नारी सम्मान २०७५ बाट सम्मान गरिएको हो। सम्मानित शान्ति गुरुङले नारी दिवसको अवसरमा आमा दिदिवहिनीहरुबाट सम्मान हुन पाउँदा आगामी दिनमा समाज, समुदाय र राष्ट्रका निम्ती थप क्रियाशील हुने प्रोत्साहन र आर्शिवाद मिलेको बताउनुभयो।

तमु जाति आफै मा मातृसत्तात्मक रहे  पनि अझै  तमु महिलाहरुले  विकास गर्नुपर्ने सुझाव दिनुभयो । शिक्षा, चेतना, दिगो आयआर्जनसहितको सुसँस्कृत समाजका लागि आमाहरुले नै विशेष पहल खेल्नुपर्ने उहाँको भनाई थियो। आमाहरु पहिलो पाठशाला र घरको मेनेजर भएकाले सन्तति, घरपरिवार, समाज विकास र समृद्धिका लागि आमाहरुको भुमिकालाई उचित सम्मान हुनुपर्दछ,भन्नुभयो।

नारी दिवसको शुभकामना व्यक्त गर्नुहुदै उहाँले दुधपोखरी तमु समाजका आमाहरु उदाहरणीय भएको भन्दै प्रसंशा गर्नुभयो।कार्यक्रममा तमु धिं नेपालकी सचिव तथा दुधपोखरी तमु समाजका कानुनी सल्लाहकार अधिवक्ता जुनाकुमारी तमुले नारी दिवसले महिलाहरु सक्षम, सचेत र एकतावद्ध हुन प्रेरित गरोस भन्ने शुभकामना व्यक्त गर्नुभयो। क्षमता अभिवृद्धि, कानुनी सचेतना, शिक्षामा जोड दिदै समान हैसियतका साथ नारीहरु अघि बढ्नुपर्नेमा उहाँको जोड थियो।प्रहरी निरीकक्ष चन्द्रा गुरुङले शुभकामना व्यक्त गर्नुहुदै नारी दिवसले सबै दिदिवहिनी सचेत, जागरुक र सबैसँग प्रतिष्पर्धा गरेर अब्बल सावित हुनका लागि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

सफल नारी सम्मान अक्षयकोषदाता मञ्जु गुरुङले समाजका लागि असल कार्यहरु गर्नुभएका संघर्षशील नारीहरुलाई प्रोत्साहनका लागि आफुले अक्षयकोष स्थापना गरेको बताउनुभयो।नारी दिवसमा मात्रै होइन सधै नारीहरु सम्मानित हुने वातावरण निर्माणका लागि दुधपोखरी तमु समाजमा अक्षयकोष स्थापना गरी वर्षेनी सफल नारीहरुलाई सम्मान गर्न पाउदा गौरब महसुस भएको उहाँको भनाई थियो। सफल नारी सम्मानका लागि दुधपोखरी तमु समाज महिला समितिका पुर्व  उपाध्यक्ष समेत रहनुभएकी, पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको स्वकीय सचिव मञ्जु गुरुङले  १ लाख रुपैयाको  अक्षयकोषस्थापना गर्नुभएको  छ ।

दुधपोखरी तमु समाज महिला समितिकी अध्यक्ष फुलमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय समितिकी कोषाध्यक्ष कञ्चन गुरुङ, तमु भाङ्ग्रा उद्योगका सञ्चालक पवित्रा गुरुङ, सिद्धार्थ तमु समाज आमा समितिकी अध्यक्ष मोहनमाया गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने समितिकी सल्लाहकार कुमारी गुरुङ नारी दिवसकै सन्दर्भमा अत्यन्तै मार्मिक कविता वाचन गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284