ताजा खबर

धादिङ–पोखरा सम्पर्क समाजको २३औं साधारणसभा सम्पन्न

   २६ मंसिर २०७८, आईतवार १५:५३      1,027 views

धादिङ्ग जिल्ला घर भई स्थायी तथा अस्थायी रुपमा पोखरामा बसोबास गरेका धादिङबासीको सामाजिक संस्था धादिङ्ग–पोखरा सम्पर्क समाजको २३औं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणभाका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले अन्तर जिल्ला समाजमध्ये धादिङ समाज यहाँको अग्रणी समाज रहेको बताइन् ।

पोखरालाई समृद्ध बनाउन धादिङबासीको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले धादिङबासीको समस्यामा पनि पोखरेलीले उत्तिकै सहयोग गर्नुपर्ने उल्लेख गरिन् । ‘२३ वर्ष पुगिसकेको यो संस्था युवा अवस्थामा छ ।

पोखरामा हरेक क्षेत्रमा धादिङबासी स्थापित छन् । अझै वर्गिकरण गरेर सदस्यता बढाउनुहुन मेरो सुझाव छ ।’ नेकपा एमालेकी नेतृ समेत रहेकी कोइरालाले भनिन् – ‘राजनीति देशको मूल नीति भएकाले यसलाई घृणा गर्ने होइन तर यस्ता माउ संस्थामा राजनीति नघुसाउनुहोला ।

यहाँ हरेर राजनीतिक विचार बोक्नेहरु आवद्ध भएकाले राजनीति गर्ने थलो चाहिँ संस्थालाई नबनाउनुहोला ।’ धादिङबासीको समस्यामा मात्र नभई पोखरामै रगतको अभावलाई पूर्ति गर्न पनि वार्षिक रुपमा रक्तदानदेखि अन्य विभिन्न सामाजिक सेवाका काम समाजले गरिरहेकोमा उनले प्रंशसा पनि गरिन् ।

संस्थापक अध्यक्ष नवराज दुवाडीले समाज फल्दैफूल्दै झनै ठूलो हुनुपर्नेमा मतभिन्नता गरी कमजोर नबनाउन आग्रह गरे । पूर्व अध्यक्ष कृष्णप्रसाद लम्सालले समाजमा राजनीति नगर्न भन्दै राजनीतिक आस्थाकै आधारमा विभाजित हुन नहुनेमा जोड दिए । पूर्व अध्यक्ष युवराज खतिवडाले समाजको आफ्नै भवन बनाउन वर्तमान अध्यक्षलाई पहल गर्न आग्रह गर्दै आफूले ५ लाख प्रदान गर्ने घोषणा गरे ।

उक्त अवसरमा पूर्व अध्यक्ष हरिप्रसाद अर्याल, संस्थापक सचिव एवं सल्लाहकार रामकृष्ण दुवाडी, इकाईहरुका तर्फबाट ज्वालामुखी गाउँपालिका ईकाई अध्यक्ष शेरबहादुर अधिकारी, धादिङ त्रिपुरा बाराही महिला समूहकी अध्यक्ष बबिता मल्ल, धादिङ पोखरा पत्रकार समाजका अध्यक्ष रञ्जन अधिकारी, सल्लाहकार हरि पन्त लगायतले धादिङबासीहरु पोखरामा बढि संख्यामा मजदुर रहेकाले उनीहरुमाथि आईपर्ने जटिल समस्या समाधान गर्न समाज अझ बढि क्रियाशील हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण धादिङ्गवासीलाई समितिमा आबद्धताका लागि आग्रह गरे ।

समाजका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षतामा भएको साधारणसभामा महासचिव सरस्वती श्रेष्ठ ‘सरु’ले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष कुमार आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284