ताजा खबर

नर्वेको तटीय इलाकामा पानीजहाजको इन्जिनमा समस्या, सयौंको उद्धार

   ११ चैत्र २०७५, सोमबार ०८:२१      2,418 views

नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ । 

पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो ।

नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए ।

भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको थियो । उक्त जहाज नर्वेको उत्तरी ट्रोम्सोबाट ओस्लोतर्फ आउँदै थियो ।

मोर ओग रोम्सडालबाट करिब दुई किलोमिटर अगाडि बढ्नासाथ इन्जिनमा समस्या आएको चालक दलका क्याप्टेनले सूचना पठाएका थिए । 

विषम मौसमी अवस्था आए पनि उद्धारकर्मीहरुले हेलिकप्टरको प्रयोग गर्ने निष्कर्षमा पुगेका थिए । प्रहरी प्रमुख टोर आन्द्रे फ्रान्कले भने, ‘दुर्घटनाको संघारमा पुगेको जहाजमै यात्रुलाई छाड्नुभन्दा जसरी पनि उनीहरुलाई जमिनमा ल्याउनु बुद्धिमानी सम्झेर हामीले निकै चुनौतीबीच उद्धारकार्य थालेका हौं ।’

आइतबार बिहानसम्म पानीजहाजका चारमध्ये तीनवटा इन्जिन पुनः चलाउन सफल भएका थिए । 

उद्धार गरिएकामध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ । उद्धारका लागि पाँचवटा हेलिकप्टर र अरु जहाज प्रयोग गरिएका थिए । (रासस/एएफपी)

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284