ताजा खबर

नवौ पोखरा महोत्सवमा आज रामजी खांडको प्रस्तुती रहने

   २८ पुष २०७५, शनिबार १२:२२      2,589 views

हिजोबाट पोखराको अमरसिंह चौरमा शुरु भएको नवौ संस्करणको पोखरा महोत्सवमा आज पनि विभिन्न कार्यक्रमहरु जारी रहने भएका छन ।


महोत्सवमा आज शनिवार लोकदोहोरी तर्फ रामजी खांड, प्रजापति पराजुली, शिवहरी ढुंगाना, इश्वर सिंह, टेक क्षेत्री, सरस्वती लामिछाने, निश्चल दवाडी, सरिता थापा र तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझ लाइभ कन्सर्टतर्फ चर्चित र्यापर लाहुरेको प्रस्तुती रहने छ ।

यसैविच महोत्सवको प्रत्येक दिन तरेली सांस्कृतीक परिवारको बिशेष सांस्कृतिक प्रस्तुती रहनेछभने शनिवार घासीकुवा युवा क्लव तनहुको सहयोगमा मगर समुदायको प्रचलित मौलिक नृत्य कौराको समेत प्रस्तुती रहने महोत्सव कलाकार ब्यवस्थापन संयोजक राजु श्रेष्ठले जानकारी दिए ।


यसअघि हिजो नवौ संस्करणको पोखरा महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरे ।

महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले युवाहरु वैदेशिक रोजगारमा जानु भन्दा मुलुकमानै उद्योग ब्यवशाय गर्न तर्फ लाग्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश सम्भावना बोकेको प्रदेश भएकाले यहांका युवाहरुले श्रमिकको रुपमा वैदेशिक रोजगारमा जानुभन्दापनि आफ्नै प्रदेशमा उद्योगमा लगानी गरी आफु उद्यमी बन्दै अन्यलाई पनि रोजगार दिनतर्फ अगाडी वढ्न आग्रह गरे ।


सो अवसरमा वोल्दै पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधी सभा सदस्य खगराज अधिकारीले महोत्सवकै आयोजना गरी चिडियाखाना निर्माण शुरु भएको र यो अभियान तीब्र रुपमा अगाडी वढिरहदा समग्र गण्डकी प्रदेशकै गौरवको योजना भएको वताए ।

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक कोइरालाले पोखरा महोत्सवल सामाजिक क्षेत्रमा पुर्याएको योगदानको सवैले कदर गरी यस्ता सामाजिक काममा सवैले साथ दिनुपर्ने आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने वताए ।


यसैविच महोत्सव पूर्व पोखरा रंगशाला देखी महोत्सव स्थल सम्म विभिन्न जातजातिको भेषभुषा झल्कने झांकी तथा र्यालीको आयोजना गरिएको थियो । र्यालीमा झांकीतर्फ राम बजार पुन समाज प्रथम भएको छ भने चिउलीपार्चे तमु समाज दोश्रो, नेपाल मगर संघ कास्की तेश्रो भएभने तनहु तमु समाज र बुढीबजार तमु समाजले शान्तवना स्थान हासिल गर्न सफल भए ।

र्याली तर्फ पोखरा १० माछापुच्छ«े टोलको ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयल प्रथम स्थान हासिल गर्न सफल भयोभने लक्ष्मी टोल आमा समुह द्धितिय र जनप्रियटोल आमा समुहले तृतीय स्थान हासिल गर्न सफल भयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284