ताजा खबर

नेपाली कम्यूनिष्टको लक्ष्य जनताको जनबाद सुदृढ गर्नु‐मुख्यमन्त्री गुरुङ

   ७ श्रावण २०७६, मंगलवार १६:४८      1,401 views

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्यूनिष्ट क्रान्तिको तत्कालिक लक्ष्य समाजबाद उन्मुख जनताको जनबाद सुदृढ गर्नु रहेको बताएका छन ।


पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज समेत रहेका गुरुङले समाजबाद उन्मुख जनताको जनबादको लागि राष्ट्रिय पुंजी विकास गर्नुपर्ने र यसले देशलाई आत्मनिर्भर र स्वाधिन राष्ट्रको रुपमा स्थापित गर्ने दावी गरे । ४१ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा सहभागी हुदै मुख्यमन्त्री गुरुङले जनताको जनबाद र राष्ट्रिय पुंजीको विकास गरेर मात्र समादवादको लक्ष्य पुरा हुनसक्ने जिकिर गरे ।

‘हाम्रो तात्कालिक लक्ष्य समाजवाद उन्मुख जनताको जनवादी व्यवास्थाको सुदृढीकरण र प्रगतिशील शक्ति उत्पादकको विकास कसरी गर्ने भन्ने नै हो’ उनले भने ‘ र यी दुई काम गर्द गर्दै समाजवादको तयारी कसरी गर्ने भन्ने अहिलेको हाम्रो कार्यदिशा हो ।’ सामन्तवाद अन्त्य भए पनि यसको केही अवशेष बा“की रहेकोले यसलाई समाप्त गर्ने चरणमा आफुहरु रहेको समेत मन्त्री गुरुङले बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284