ताजा खबर

काँग्रेसको जागरण अभियान, कास्कीमा महिला र युवा संवाद

   ३१ भाद्र २०७६, मंगलवार १७:५१      1,320 views

पोखरा । नेपाली काँग्रेसको जागरण अभियान अन्तर्गत क्षेत्र नं १(ख) कास्कीमा महिला संवाद कार्यक्रम गरिएको छ ।

नेपाल महिला संघ पोखरा महानगरपालिका समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधि सरीता गुरुङले हिम्मत र आँटका साथ महिला राजनीतिमा आउनुपर्ने उल्लेख गरिन् । उनले काँग्रेसले वितगदेखि नै महिलालाई प्राथमिकता दिएको बताइन् ।

कार्यक्रममा क्षेत्रीय सभापति बृजमान गुरुङ, महासमिति सदस्य कोपिला रानाभाट, कृष्ण कार्की, १(ख) सभापति कृष्ण कोइराला, नेतृ सरस्वती गुरुङ, नेपाल महिला संघकी केन्द्रीय सदस्य तारा अधिकारी, जिल्ला सदस्य एवं नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, जिल्ला सदस्य अनिता तिमिल्सिना, मादी गाउँपालिका संयोजक देवीजंग गुरुङ, नेतृहरु उमा ठकुरी, सविता बराल लगायतले बोलेका थिए ।

संघ सभापति माया बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति गोमा सुवेदीले स्वागत र क्षेत्रीय सचिव रामकुमारी पौडेलले सञ्चालन गरेकी थिइन् ।

उता क्षेत्र नं १(क) अन्तर्गत पोखरा २७ मा युवा संवाद कार्यक्रम गरिएको छ । कार्यक्रममा केन्द्रीय प्रतिनिधि ऋषिकेश तिवारीले युवा नै देशको मुख्य शक्ति भएकाले जिम्मेवार बन्नुपर्ने औल्याए ।

त्यस अवसरमा काँग्रेस केन्द्रीय सदस्य जीवन परियार, पूर्व मन्त्री यज्ञबहादुर थापा, युवा नेता सागर गुरुङ, क्षेत्रीय सचिव प्रेमकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

वडा कार्यसमिति पोखरा २७ का सभापति जगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष पूर्णकुमार गुरुङले स्वागत र सचिव विश्व पौडेलले सञ्चालन गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284