ताजा खबर

नेपाली महिलाहरुलाई क्षमता बिकास आवश्यक–राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

   ११ फाल्गुन २०७५, शनिबार २२:४६      2,488 views

नेपाली महिलाहरुलाई अधिकार संगै क्षमता बिकास आवश्यक रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताएका छन ।


कास्की माछापुच्छ«े गाउँपालिका स्थित आमा प्रतिष्ठान नेपालको दोस्रो वार्षिक साधारणसभा तथा तेश्रो वार्षिक अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले उक्त कुरा बताएका हुन । अध्यक्ष तिमिल्सिनाले अब नेपाली महीलाहरुलाई आरक्षण मात्रै होइन अधिकार प्राप्तीका लागि पुरुष संगै हातेमालो गर्दै अगाडी बढ्न सक्छन भन्ने कुरा स्थापित भएको समेत बताए ।


बर्तमान अवस्थामा कानुनले महिला अधिकार शुनिश्चित गरेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अब अधिकार संगै क्षमता बिकासमा समेत जोड दिएमा त्यसले समाजले त्यसको सहि प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे । आमा प्रतिष्ठान नेपालले समाज गरेको योगदानका लागि आभार व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले भने–“आँशुमा जिवन धान्य वाध्य महिलाहरुको लागि आमा प्रतिष्ठान आँशु पुछ्ने रुमाल बन्न सकोस ।”

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले संस्थाका आजिवन तथा साधारण सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरेका थिए ।


सो अबसरमा माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले आमा प्रतिष्ठान नेपालले माछापुच्छ«े गाउँपालिकामा वृद्धाआश्रम निर्माणका लागि आफ्नो परिवारका तर्फ बाट ४ रोपनी जग्गा दान दिने घोषणा समेत गरेका छन ।


आमा प्रतिष्ठान नेपालका अध्यक्ष बसन्त राज दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्ण कुमारी दवाडी, संस्थाका सचिब गुणाकर सुवेदी, सल्लाहाकार रबिलाल पोख्रेल लगाएतले संस्थाले छोटो अवधीमा गरेको कार्यको प्रंशसा गरेका थिए ।


उक्त प्रतिष्ठानले बसन्तराज दवाडीको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिती चयन गरेको छन । जसको उपाध्यक्षमा हरिश्चन्द्र लामिछाने, सचिबमा गुणाकर दवाडी, कोषाध्यक्षमा देब लक्ष्मी गुरुङ र सदस्यहरुमा दिननाथ लम्साल, महेन्द्र बावु हमाल, सपना लम्साल, जिवन कुमारी दवाडी र भिमाकर सुबेदी रहेका छन । त्यस्तै सल्लाहकारमा लेखनाथ शर्मा लम्साल, विशेश्वर प्रसाद लम्साल र रबिलाल पोख्रेल रहेको अध्यक्ष दवाडीले बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284