ताजा खबर

नेपाल चेम्बर अफ कमर्सको टोली भारतमा

   ३० आश्विन २०७६, बिहीबार १९:१५      1,820 views

नेपाल चेम्बर अफ कमर्सको टोलीले भारतको गोवामा आयोजित तीनदिने ‘भाइब्रेण्ट गोवा एक्स्पो २०१९’ मा सहभागिता जनाएको छ । दुई देशबीचको व्यापारिक सम्बन्ध बिस्तार गरी पर्यटकीय सम्भावना अध्ययन गर्न गोवा चेम्बर अफ कमर्सले नेपाली टोलीलाई निमन्त्रणा गरेको थियो ।

भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध प्रगाढ बनाउने अपेक्षा लिइएको छ । अक्टोबर १७ देखि १९ तारिख सम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन राजेशकाजी श्रेष्ठले नेतृत्व गरेको १९ सदस्यीय टोली भारत प्रस्थान गरेको हो । नेपाली प्रतिनिधि मण्डलमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछे रत्न मानन्धर, उपाध्यक्ष कविदास श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका निर्देशक, रुपेन्देहीबाट प्रदेश सभाका सदस्यदेखि गण्डकी, पोखरा, नुवाकोट, चितवन, रुपन्देही, दाङ लगायतका जिल्लाबाट सहभागी छन् ।

कार्यक्रममा सहभागी हुन असोज २९ गते भारत गएको टोली कात्तिक ३ गते स्वदेश फर्किनेछ । नेपाली प्रतिनिधि मण्डलमा सहभागी चेम्बर अफ कमर्सका पदाधिकारीहरुको विवरणः

१) राजेशकाजी श्रेष्ठ,

अध्यक्ष नेपाल चेम्बर अफ कमर्स ।

२) बालकृष्ण पोख्रेल, निर्देशक नेपाल चेम्बर अफ कमर्सका ।

३) यदु अधिकारी, अध्यक्ष गण्डकी चेम्बर ।

४) किसान सुनार, अध्यक्ष पोखरा चेम्बर ।

५) बिष्णुकुमार श्रेष्ठ, अध्यक्ष सुन्दर बजार चेम्बर ।

६) कबिन्द्र मान प्रधान, अध्यक्ष नुवाकोट चेम्बर ।

७) न्हुछे रत्न मानन्धर, अध्यक्ष भक्तपुर चेम्बर ।

८) कविदास श्रेष्ठ, उपाध्यक्ष भक्तपुर चेम्बर ।

९) दीर्घमान श्रेष्ठ, चितवन चेम्बर ।

१०) पदम श्रेष्ठ, अध्यक्ष रुपेन्देही चेम्बर ।

११) शरद खनाल, उपाध्यक्ष घोराही चेम्बर ।

१२) भोजप्रसाद श्रेष्ठ, कार्यक्रमका पर्यवेक्षण तथा अन्य ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284