ताजा खबर

नेपाल तमु विद्यार्थी छोंज धींको एघारौं महाधिवेशन सम्पन्न, अध्यक्षमा विश्वराज तमु

   २६ भाद्र २०७९, आईतवार १९:०४      891 views

नेपाल तमु (गुरुङ) विद्यार्थी छोंज धीं केन्द्रिय समितिको शनिबार सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनले विश्वराज तमुलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

काठमाडौ स्थित बिजि व्याङ्क्वेट गोंगबुमा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नरेश गुरुङ, उपाध्यक्षमा सुदन गुरुङ, महासचिवमा पवन गुरुङ, उपमहासचिवमा विशाल गुरुङ, संगठन सचिवमा संजय गुरुङ, कोषाध्यक्षमा पर्शुराम गुरुङ (रोहित) र सह–कोषाध्यक्षमा युवराज गुरुङलाई निर्वाचित गरेको छ ।


यस्तै भाषा साहित्य तथा संस्कृति विभाग प्रमुखमा पविन्द्र गुरुङ, अतिरिक्त क्रियाकलाप विभाग प्रमुमा विष्णु राज गुरुङ, प्रदेश नं. १ प्रमुखमा सृजना गुरुङ, लुम्बिनी प्रदेश प्रमुखमा प्रकाश गुरुङ निर्वाचित हुनुभएको छ भने केन्द्रिय सदस्यहरुमा चन्द्र बहादुर गुरुङ (झापा), रबिन गुरुङ (संखुवासभा), अञ्जु गुरुङ (काभ्रे), डोल्मा गुरुङ (चितवन), अमृता गुरुङ (मकवानपुर), इना गुरुङ (काठमाण्डौ), लिलबहादुर गुरुङ (काठमाण्डौ) नबिन गुरुङ (नवलपुर), विशाल गुरुङ (नवलपुर), विकाश गुरुङ (तनहुँ), एलिना गुरुङ (कास्की), गोविन्द गुरुङ (स्याङ्जा), सोम गुरुङ (गोरखा), मनोज गुरुङ (गोरखा) सोमिया गुरुङ (नवलपरासी), अनुपम गुरुङ (नवलपरासी), र शान्ति गुरुङ (नवलपरासी) रहनु भएको छ ।

महाधिवेशनले भुवन गुरुङ (धनकुटा), दिलकुमारी गुरुङ (भोजपुर), मनिषा गुरुङ (पाँचथर), सुमन गुरुङ (रुपन्देही), निरज गुरुङ (बाँके), उषा गुरुङ (बर्दिया), प्रीति गुरुङ (लमजुङ), पुजा गुरुङ (स्याङ्जा), प्रकाश गुरुङ (गुल्मी), प्रेमा गुरुङ (गोरखा), राज घले (लमजुङ), रितेश गुरुङ (तनहुँ), सफि गुरुङ (काठम्ण्डौ), आशा गुरुङ (काठमाण्डौ), विजय गुरुङ (दोलखा), अमृत गुरुङ (काठमाण्डौ), मनिष गुरुङ (चितवन), रोशन गुरुङ (चितवन)लाई राष्ट्रिय परिषद सदस्यमा निर्वाचित गरेको छ ।


सम्पुर्ण तमु (गुरुङ) विद्यार्थीहरु एक हौं ! मातृभाषा शिक्षाको सुनिश्चितता हाम्रो अभियान ! उत्पादन र रोजगार लक्षित शिक्षानिती लागु गराउन एघारौं राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ सम्पन्न भएको एघारौं राष्ट्रिय महाधिवेशन भदौ २४ र २५ गरि दुईदिनसम्म चलेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284