नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीको अध्यक्षमा पुनः बोबरजङ्ग गुरुङ
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश समितिको वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रम र संस्थाको बारेमा प्रष्ट पार्दै संघ गण्डकीका अध्यक्ष एवम् पर्यटन व्यवसायी बोबरजङ्ग गुरुङले अहिले गण्डकी प्रदेशभरी करिब ८ सय पर्यटक बोक्ने गाडी अर्थात हरियो नम्बर प्लेट भएको गाडी सञ्चालनमा रहेको र त्यसमा करिब ४ अर्ब लगानी रहेको बताउनुभयो ।
नेपालम सबै भन्दा सुरक्षित र कम मात्र सानोतिनो दुर्घटनामा पर्ने सवारी साधन मध्ये हरियो नम्बर प्लेटको साधान पहिलो नम्बरमा आउने भएकोले अहिले यो सेवाप्रति बाह्य पर्यटक मात्र नभएर आन्तरिक पर्यटक पनि बढी आकर्षित हुँदै गएको बताउनुभयो ।

पर्यटक यातायात क्षेत्रमा जति अवसर छ त्यति नै जोखिमपूर्ण पनि रहेको भन्दै उहाँले यसक्षेत्रमा लगानी गर्दा लगानी कर्ताले पटकपटक सोच विचार गरेर मात्र लगानी गर्न आग्रह गर्नुभयो ।
नेपालमा चाँहिने जति एयरपोर्ट र एयरलाईन्सको अभावले गर्दा पनि पर्यटक यातायातको महत्व झनै बढेर गएको बताउनुभयो ।
आफूहरुले केवल व्यवसायीको हितको कुरा मात्र नगरको भन्दै अध्यक्ष गुरुङले आफूहरु नेपाल सरकारले निर्देश गरेको कानुन मान्न र नेपाल भ्रमण वर्षलाई सफल बनाई सफल तथा समृद्ध नेपाली सुखी नेपाली बनाउने अभियानमा सरकारलाई सहयोग गर्न समेत तयार रहेको बताउनुभयो ।
नेपालमा पर्यटन यातायातको सुरुवात धार्मिक तीर्थयात्रीबाट सुरु भएको भन्दै आफूहरु नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थलहरुको प्रबद्र्धनमा लागि परेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले खुल्ला अर्थ नीति नेपालमा लागु भएपछि निजी क्षेत्रको लगानी ह्वातै बढेको भन्दै अहिले पनि लगानी गर्ने काम निजी क्षेत्रकै भएको र सरकारको काम यसको लागि वातावारण बनाउने मात्र रहेको बताउनुभयो ।
आफू व्यवसायिक क्षेत्रबाटै राजनीतिमा प्रवेश गरेको भन्दै सधै व्यवसायीकै हितको पक्षमा आफू उभिने बताउनुभयो ।
यस्तै अन्तरिक भ्रमण वर्ष २०१९÷२२ का संयोजक जुद्ध गुरुङले आफू पोखराको पर्यटन व्यवसायीसँग त्यति चिनजान र घुलमिल नरहे पनि पोखराका व्यवसायीबाट आएको अन्तरिक भ्रमण वर्षसँग सम्बन्धित कार्यक्रमलाई पूर्ण रुपमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा संघले यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा कार्यालय व्यवस्थापक राजेश घर्ती थापालाई सम्मान गरेको छ भने उत्कृष्ट चालकको रुपमा सापकोटा एडभेन्चर प्रा.लि.का तेजबहादुर राईलाई सम्मान गरेको छ ।
विगत आठ वर्षदेखि एउटै कम्पनीमा चालकको रुपमा कार्यरत राईलाई सोहि अवसरमा कम्पनीको तर्फबाट पनि पुरस्कार स्वरुप नगद १५ हजार प्रदान गरिएको छ ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्चीवी पोख्रेल, पर्यटन व्यवसायीहरु बाँसु त्रिपाठी, अग्नि कँडेल, महिला उद्यमी लक्की कार्की लगायतले शुभकामना दिनुभएको थियो ।
नेपाल पर्यटक यातायात समिति गण्डकीका अध्यक्ष बोबरजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव नवराज सापकोटाले गर्नुभएको थियो ।

यसैबीच संघको प्रथम अधिवेशनले पुनः बोबरजंग गुरुङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा बाबुराम पाण्डे, द्धितिय उपाध्पक्षमा दुर्गा दाहाल, महासचिवमा सुरेश दाहाल, सचिवमा कुमार आचार्य, कोषाध्यक्षमा दीपेन्द्र दाहाललाई चयन गरिएको छ भने सदस्यहरुमा प्रकाश श्रेष्ठ, सुजन बराल, ताराप्रसाद गौतम, रविप्रसाद आचार्य र भवानी प्रसाद अधिकारी रहनुभएको छ ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38