ताजा खबर

ने.क.पा.को नाममा सेना परिचालन गर्ने षड्यन्त्र भैरहेको छ – सन्तोष बुढा मगर

   ६ माघ २०७५, आईतवार ०८:५६      1,560 views


नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य एबम केन्द्रीय जनसरकार प्रमुख सन्तोष बुढा मगरले नेपालमा विप्लव नेतृत्वको ने.क.पा.लाई उत्तेजित बनाउने र त्यही बहानामा सेना परिचालन गरेर राजतन्त्रलाई पुनर्स्थापित गर्ने साम्राज्यवादीहरुको षड्यन्त्र रहेको बताएका छन् ।

पार्टीले संचालन गरेको दुई महिने गण्डक क्षेत्रस्तरको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ को पोखरामा आज शुरुवात गर्दै नेता सन्तोष बुढा मगरले यस्तो कुरा बताएका हुन् ।

आफ्नो मन्तव्यका क्रममा उनले नेपालमा दलाल संसदीय व्यवस्था असफल भैसकेको जिकी गरे । यस्तो अवस्थामा नेपालमा बैकल्पिक सत्ता संचालन गरेको ने.क.पा.लाई ध्वस्त पार्न र कम्युनिष्टको नाममा सत्तासीन बनेको सत्तारुढ नेकपालाई बदनाम गराउन साम्राज्यवादीहरुले विभिन्न षड्यन्त्रहरु गरिरहेको तथ्य उजागर गर्दै उनले सोही षडयन्त्र अन्तरगत नेपालमा राजतन्त्र पुनर्स्थापित गर्ने वा सत्तारुढ नेकपाभित्र खिचलो बढाएर कि प्रचण्डको नेतृत्वमा सरकार बनाउने त्यो पनि सम्भव नभए कांग्रेस र तात्कालीन माओवादी केन्द्रलाई मिलाएर शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनाउने विकल्पहरु साम्राज्यवादीहरुले अघि सारेको उनको भनाइ रहेको थियो ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतसंग पार्टी एकता बारे चर्चा चलिरहेको कुरा औन्ल्याउंदै नेता सन्तोष बुढा मगरले आफ्नो पार्टीले संचालन गरेको एकीकृत जनक्रान्ति बारे प्रष्ट भएर आउँदा साथ् पार्टी एकीकरणमा कुनै समस्या नरहने स्पस्ट पारे ।


सोही अवसरमा पार्टीका केन्द्रीय सदस्यत्रय कर्णाली ब्युरो इन्चार्ज एटम, भेरी ब्युरो इन्चार्ज शितल र धवलागिरी ब्युरो इन्चार्ज विप्लव लगायतका नेताहरुले पार्टीले संचालन गरेको अभियानका क्रममा गण्डक ब्युरोमा पार्टीको बैचारिक तथा सांगठानिक अवस्थालाई सुदृढ र बलियो पारी छाड्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।


ने.क.पा गण्डक ब्युरो सदस्य एबम कास्की जिल्ला इन्चार्ज रुपेश्को अध्यक्षतामा भएको सो कार्यक्रम पार्टी तनहुँ जिल्ला इन्चार्ज उवारले संचालन गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284