ताजा खबर

न्यानो कपडा बोकेर थारु बस्तीमा लायन्स

   २१ पुष २०७५, शनिबार १९:४१      3,320 views

लायन्स क्लब अन्र्तराष्ट्रियको पहिलो महिला मात्रको क्लब लायन्स क्लब अफ पोखरा गण्डकीले थारु बस्तीमा ब्लाङकेट र न्यानो कपडा बितरण गरेको छ ।शनिवार मध्यवर्ति हरियाली युवा क्लबको समन्वयमा कावासोती नगरपालीका वडा नं १७ अमलटारी आसपासका बिभिन्न तीन स्थानका थारु, जनजाति, दलित बस्ती १८६ घर परिवारलाई ब्लाङकेट र न्यानो कपडा बितरण गरिएको क्लबका पुर्व अध्यक्ष एवं जोन चेयरपर्सन पुजन शाक्यले बताउनु भयो ।


वितरण समारोहका प्रमुख अतिथि पुर्व प्रधान न्यायधिस कल्याण कुमार श्रेष्ठ, बिशिष्ठ अतिथि सर्वोच्च अदालतका न्यायधिस सपना मल्ल प्रधान, क्लबका अध्यक्ष मोना थापा, क्लबका पुर्व अध्यक्षहरु, क्लब पदाधिकारी लगाएतले अमलटारीमा ८६, सेतापानीमा ६५ र अमलटारी नारायणी धाममा ३५ थान ब्लाङकेटका साथै न्यानो कपडा बितरण गरिएको थियो ।


प्रमुख अतिथि पुर्व प्रधान न्यायाधिस श्रेष्ठले लायन्सले दुर दराजमा रहेका सर्बसाधारण जनताका घर आँगनमा पुगि गरिव बिपन्न तथा अशक्त परिवारमा न्यानो कपडा बितरण गरि मानविय सेवा कार्य गरेकामा प्रसंसा गर्दै समग्र समाज प्रति अतुनिय कार्य गरेको बताउनु भयो । बिशिष्ठ अतिथि प्रधानले जाडोको समयमा कठ्यांग्र्रिएर बस्न बाध्य सर्वसाधरण ब्यक्तिलाई न्यानो कपडा वितरण गरि उल्लेख्य कार्य गरेकोमा धन्यबाद दिनुभयो ।


क्लबका अध्यक्ष मोना थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिपार्टमेन्ट चिफ एवं क्लबका पुर्व अध्यक्ष बिमला श्रेष्ठ, दीनकुमारी शर्मा, निर्मला बराल, जोन चेयरपर्सन पुजन शाक्य, कार्यक्रम संयोजक सिता पाण्डे लगाएतले आर्थिक अवस्था कमजोर भएको ठाउमा आएर मानविय सेवाका कार्य गर्न पाएकोमा गौरवान्वित भएको बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284