‘न्यायमा पहुँचका लागि अदालती रिपोर्टिङ सम्बन्धी कार्यशाला गोष्ठी’ सम्पन्न
पोखरामा ‘न्यायमा पहुँचका लागि अदालती रिपोर्टिङ सम्बन्धी कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । वुमन फाउण्ड एसियाको सहयोग तथा नेपाल पत्रकार महासंघ कास्कीको सहकार्यमा कास्कीका महिला पत्रकारका लागि उक्त कार्यशाला गोष्ठी गरिएको हो ।

कार्यशालाको उद्घाटन गर्दै उच्च अदालत कास्कीका मुख्य न्यायधीश डा. रत्नबहादुर बागचन्दले आदर्श समाज निर्माणका लागि राज्यका हरेक अंगमा कार्यरत कर्मचारी, न्यायधीस जति इमान्दार हुनुपर्छ, पत्रकारले पनि उत्तिकै इमान्दारिताको धर्म निर्वाह गर्नुपर्नेमा जोड दिए । हरेक क्षेत्रको आफ्नै सिमा हुन्छ, कानुनको दायरा भन्दा बाहिर गयो भने दुर्घटना हुनसक्ने हुनाले सिमाभन्दा बाहिर रही अराजकताको परिकल्पना गर्न नहुने पनि उनले बताए ।
अर्का सहजकर्ता प्रेस काउन्सिल नेपालका सदस्य केशव शरण लामिछानेले सूचनामूलक भन्दा कारणमुलक समाचारमा जोड दिनुपर्ने बताए ।

गोष्ठीमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, वमन फाउण्ड एसियका प्रतिनिधि एवं अधिवक्ता विनिता नेपालीले पनि न्यायिक र अदालतिय रिपोर्टिङका बारेमा आफ्ना भनाइ राखेका थिए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको गोष्ठीको सञ्चालन सचिव भुपाल गुरुङले गरेका थिए । पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न भएको गोष्ठीमा कास्कीका महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38