ताजा खबर

पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङलाई ‘लोकबहादुर गुरुङ स्मृति पुरस्कार’

   १९ पुष २०७७, आईतवार १८:२२      1,171 views

यसवर्षको लोकबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कार पत्रकार महासंघ लमजुङका अध्यक्ष तथा कान्तिपुरकर्मी आश गुरुङलाई प्रदान गरिएको छ ।

पोखरामा शनिबार एक कार्यक्रमका बीच लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी ३५ हजार रुपैयाँ रहेको छ ।


प्रतिष्ठानका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), गण्डकी विश्वविद्यालयका कुलपति डा. गणेशमान गुरुङ, लोकबहादुरपत्नी सीता गुरुङ, छोष अभिषेकलगायतले भाङ्ग्रा ओढाउनुका साथै फेटा गुथाएर खदा, मालासहित सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।


वरिष्ठ संस्कृतिकर्मी, चलचित्र निर्देशक, गीतकार तथा संगीतकार एवं तमू संसार त्रैमासिक पत्रिकाका संस्थापक प्रधान सम्पादक तथा प्रकाशक लोकबहादुर गुरुङको छैटौं स्मृति दिवसको अवसर पारेर उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष वेदबहादुर श्यामले बताए ।


उनका अनुसार लोकबहादुरको छैटौं स्मृति दिवस भदौ १९ गते भएपनि कोरोना जोखिका कारण रोकिएको कार्यक्रम पुस १८ गते शनिबार आयोजना गरिएको हो । लमजुङको क्व्होलासोंथर गाउँपालिका ४, भुजुङ घर भई २०५९ बाट निरन्तर पत्रकारितामा क्रियाशील रही गुरुङ तथा नेपाली समुदायलाई पत्रकारिताको क्षेत्रबाट उल्लेखनीय योगदान पु¥याएको भन्दै पुरस्कृत गरिएको प्रतिष्ठानकी सचिव रोशनी गुरुङले बताइन् ।


प्रतिष्ठानले हरेक वर्ष भदौ १९ गते लोकबहादुर गुरुङको स्मृति दिवसको अवसर पारेर एक जना व्यक्ति वा स्रष्टालाई सम्मान गर्दै आएको छ ।

पोखराबाट प्रकाशित हुँदै आएको तमू संसार त्रैमासिक पत्रिका र लमजुङको अन्तरंग साप्ताहिक पत्रिकाबाट पत्रकारिता सुरुवात गरेका गुरुङले स्थानीय र राष्ट्रिय गरी दर्जनौ सञ्चार माध्यममा काम गरिसकेका छन् ।

पत्रकार गुरुङ पछिल्लो समय गीत लेखनमा पनि क्रियाशील छन् । उनले रचना गरेका गुरुङ गीतहरु ‘ए ङोल्स्यो ए ङोल्स्यो, गलबन्दी चैस्यो ङोल्स्यो’ लगायतको गीत गुरुङ गीत संगीतकै इतिहासमा सार्वधिक चर्चित गीतको सूचीमा पर्न सफल भएका छन् ।


उक्त अवसरमा लोकबहादुर गुरुङले रचना गरेका गीति संगालो ‘आधी लयँ’ अर्थात आधा जूनको गण्डकी विश्वविद्यालयका कूलपति डा. गणेशमान गुरुङले विमोचन गरे । पुस्तकबारे प्रतिष्ठानका विशिष्ट सदस्य गौरी गुरुङले टिप्पणी गरिन् ।


कार्यक्रममा पुरस्कृत आश गुरुङलाई भुजुङ युम्पो समाज पोखराका तर्फबाट उपाध्यक्ष मीना गुरुङ, सचिव केशबहादुर गुरुङ, क्व्होलासोंथर गाउँपालिका कार्यपालिका सदस्य गमीमाया गुरुङलगायतले भाङ्ग्रा, क्रेगी, खदासहित सम्मान गरेको थियो । कूलपति डा. गुरुङलाई प्रतिष्ठानले तामपत्रद्धारा सम्मान गरेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284