ताजा खबर

परम्परबादी र घोकन्ते शिक्षा प्रणालीको अन्त्य हुनुपर्छ उपप्रमुख गुरुङ

   २५ पुष २०७५, बुधबार ०७:१२      1,643 views


पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले परम्पराबादी र घोकन्ते शिक्षा प्रणालीको अन्त्य गर्नुपर्ने बताएकी छन । पोखरा महानगरपालिका वडा नम्वर ३२ मजुवामा रहेको कालिका आधारभुत विद्यालयको २९ औ वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले अवको शिक्षा रोजगारमुलक, व्यवहारीक र प्राविधिक हुनुपर्नेमा जोड दिइन् ।

‘घोकन्ते शिक्षाको अन्त्य गदै सिपमुलक र आवश्यकताका आधारमा नीति निर्माण गदै परम्पराबादी शिक्षालाई निरुत्साही गर्नुपर्छ ।’ उनले पोखरा महानगरले शिक्षा नियमावली बनाइसकेको बताउदै त्यही अनुसार शिक्षा परिषद्, महानगर शिक्षा समिति र वडा शिक्षा समितिहरु गठन भएको बताइन् ।

उनले महानगर शिक्षा परिषद्ले महानगरको भावि शिक्षा नीति कस्तो हुने भन्ने बारेमा छलफल सुरु गरेको जानकारी दिदै स्थानीय आवश्यकताका र सीपमुलक, व्बहारीक शिक्षालाई प्राथमिकता दिइने बताइन् । उनले शिक्षा विना कुनैपनि क्षेत्रको विकास सम्भव नभएकाले शिक्षा प्रमुख आवश्यकता भएको बताइन् ।


विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओमबहादु गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विष्णप्रसाद तिवारी, अपाङ्ग समाजका ३२ का अध्यक्ष मोहनकुमार प्रधान, गण्डकी विकास बैंक लेखनाथ शाखाका प्रमुख केशबाहदुर गुरुङ, एसविआई बैक लेखनाथ शाखाका प्रमुख पूर्णबहादुर गुरुङ, गोगन माविका प्रधानाध्यापक मोहन बराल , डिलबहादुर गुरुङ, विमला थापा बस्नेत, खेमराज बराल लगायतले विद्यालयको बारेमा बोलेका थिए ।


विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर बस्नेतले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थापक प्रधानाध्यापक चित्रकुमारी गुरुङ, मन्जु बराल पौडेल, गण्डकी विकास बैंक लेखनाथ शाखाका प्रमुख केशबाहदुर गुरुङ, एसविआई बैक लेखनाथ शाखाका प्रमुख पूर्णबहादुर गुरुङलाई दोसल्ला र सम्मानपत्रले प्रमुख अतिथि एवं महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले सम्मान गरिन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284