ताजा खबर

पर्यटकिय गाँउ खिलाङका युवाहरु संगठित, खिलाङ पोखरा युवा समिति गठन :

   १४ फाल्गुन २०७५, मंगलवार ०६:२९      3,596 views

कास्कीको मादि गाँउपालिका वडा नं. १ खिलाङबाट पोखरा आई बसोबास गरिरहेका युवाहरु संगठित भएका छन् । व्यपार व्यवसायका शिलशिलामा पोखरा झरेका उनिहरुले झलक गुरुङको अध्यक्षतामा खिलाङ पोखरा युवा समिति गठन गरेका हुन् ।

पँधेरी गुरुङ किचन नयाँबजार पोखरामा हालै भएको एक भेलाद्धारा गठित उक्त समितिको उपाध्यक्षमा ललित गुरुङ, सचिवमा टेकन सिं गुरुङ, सहसचिवमा श्याम गुरुङ र कोषाध्यक्षमा धन बहादुर गुरुङलाई चयन गरिएको छ ।

यस्तै नौ जंग गुरुङ, अमृत गुरुङ, उत्तम गुरुङ, लोकमान गुरुङ, विश्वमान गुरुङ र कौशिला गुरुङ समितिको सदस्य रहेका छन् । समितिको सल्हाकारमा गोलमान गुरुङ, रणध्वज गुरुङ, कुशल गुरुङ, सु.रणध्वज गुरुङ र शेर बहादुर गुरुङलाई चयन गरिएको छ । विभिन्न देशहरुमा विदेश प्रतिनिधि समेत चयन गरिएको समितिको संरक्षकमा क्या.गणेश गुरुङ, टिकाराम गुरुङ र खेम बहादुर गुरुङ रहेका छन् ।

सार्वजनिक शौचालय, स्वागतद्धार, पाटीपौवा तथा प्रतिक्षालय निर्माण गर्ने, विदेशस्थित भगिनी सम्बन्ध स्थापित गर्ने र खिलाङको स्थानिय कला तथा संस्कृतिको संरक्षण गर्ने लगायतका उद्देश्यले मिति गठन गरिएको सचिव टेकन सिं गुरुङले जानकारी दिए ।


पर्यटकिय दृष्टिकोणले निकै सुन्दर खिलाङ गाँउलाई विश्वसामु चिनाउने, खिलाङको आन्तरीक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, होम स्टेका लागी पहल गर्ने, पदमार्ग तथा गोरेटो बाटोहरु निर्माण गर्ने, कुलिस्यो सरसरफाई अभियान सुरुवात गर्ने,

पोखरा देखी झण्डै ३५ किलोमिटर ताढा तथा समुन्द्रि सतहदेखी १७०० मिटरको उचाईमा रहेको खिलाङ गाँउ गाडी तथा मोटरसाईकलमा साढे २ देखी ३ घण्टाको यात्रापछि पुग्न सकिन्छ ।


साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284