ताजा खबर

पर्यटन प्रवद्र्धनका लागी स्याङजाको कोल्मामा क्रस कन्ट्री दौड प्रतियोगिता हुने

   १४ पुष २०७५, शनिबार १२:४८      2,438 views

स्याङजाको कोल्मामा पर्यटन भित्रयाउने उद्देश्यका साथ क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिने भएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर ९ मा रहेको कोल्मा गाउलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउनुका साथै खेलकुदको माध्यामबाट खेल पर्यटनको बिकास गर्नका लागी कोल्मामा आगामी पुसको २६ गते क्रस कन्ट्री दौड प्रतियोगिता आयोजना गरिने भएको हो ।

स्याङजाको कोल्मो जन्मथलो भइ हाल विभिन्न कामको सिलसिलामा पोखरा बस्नेहरुको समुहले स्थापना गरेको सात सय कोल्मा इभेन्ट म्यानेजमेन्ट संस्थाले कोल्मा र आसपासमा पर्ने गाउहरुमा पर्यटन भित्रयाउने उद्देश्यका साथ क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
बिहीबार कोल्माको बराहचौरमा पत्रकार सम्मेलनको आयोजना गरी कोल्मालाई चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनका लागी “स्वास्थ्यको लागि दौड, राष्ट्रको लागि दौड” भन्ने नाराका साथ कोल्मामा पहिलो पटक क्रस कन्ट्री दौड प्रतियोगिताको आयोजना गरिएको सात सय कोल्मा इभेन्ट म्यानेजमेन्टका अध्यक्ष जीत बहादुर गुरुङले वताए । आगामी माघको २६ गते हुने उक्त दौड प्रतियोगितामा खुल्ला तर्फ ३१ किलोमिटर र २१ बर्ष उमेर भन्दा कम उमेरका धावकहरुले १४ किलोमिटरको दुरी पार गर्नुपर्ने गुरुङले वताए ।
उनका अनुसार खुल्ला तर्फको धावकले कोल्माको बराहचौरबाट सुरु गरी काहँले, डाडाँस्वारा, नाम्चे, काल्खु, राईपुर, बिसौना, खुदी, मड्किना हुदै बराहखोलाबाट फेरी बराहचोर पुगी ३१ किलोमिटर दुरी पार गर्नुपर्नेछ भने २१ बर्ष उमेर भन्दा मुनीका धावकले बराहबाचौरबाट सुरु गरी काहँले, डाडाँस्वारा, नाम्चे, काल्खु, राईपुर, पोखरीछाप हुदै पुनः बराहचौरमै पुगी १४ किलोमिटरको दुरी पार गर्नुपर्नेछ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284