ताजा खबर

पसगाउँ तमू समाजद्धारा समाजसेवी दिलमाया गुरुङ र नन्दप्रसाद गुरुङलाई सम्मान

   ११ श्रावण २०७६, शनिबार २२:०३      3,169 views

लमजुङको पसगाउँबाट पोखरा आइ बसोबास गरेका गुरुङहरुको साझा संस्था पसगाउँ (पैको तमू) गुरुङ समाज पोखराले आज एक कार्यक्रमको आयोजना गरि दाताहरुलाई सम्मान गरेको छ ।

साउन महिनाको वार्षिक नियमित खिर खाने कार्यक्रमको अवसर पारी पसगाउँ माइती घर भई लमजुङकै गिलुङ कर्म घर भएका तथा हाल बेलायत निवासी श्रीमान श्रीमती दिलमाया गुरुङ र नन्दप्रसाद गुरुङलाई स्वागत तथा सम्मान गरेको हो ।


उहाँहरुलाई पसगाउँ तमू समाजको तर्फबाट मायाको चिनो र पसगाउँमै निर्मित अल्लोको कोट र खादाले सम्मान गरिएको हो भने आमा समुहको तर्फबाट खादा र फूलको बँुकीले सम्मान गरिएको थियो यस्तै पसगाउँ ठाँटी मा.वि.को तर्फबाट सम्मान पत्रले सम्मान गरिएको थियो ।

पस गाउँ तमू समाजका अध्यक्ष रामबहादुर गुरुङ, संस्थापक अध्यक्ष कपुरमान गुरुङ, ठाँटी मा.वि. पसगाउँका प्रधानाध्यापक रतनसिंह गुरुङ, लेखापाल संगीता गुरुङ तथा आमा समुह एवम पसगाउँबासीले टिका लगाएर फूल माला मायाको चिनो र सम्मान पत्र सहित सम्मान गरेको हो ।


सम्मान ग्रहणपछि बोल्दै सम्मानित व्यक्तित्व एवम् समाजसेवी दिलमाया गुरुङले जीवनमा आफनो लागि मात्रै काम गर्नु भन्दा अरुको लागि पनि केहि गर्दा त्यहाँबाट पाउने जति खुसी अरु चीजमा नपाउने भन्दै समयले साथ दिएसम्म समाजसेवा आफूहरु लागि रहने बताउनुभयो ।

पसगाउँ समाज देश विदेशमा सबै चिन्ने नमूना समाज बनोस् भन्दै उहाँले सबैको एकताले मात्रै समाजलाई अगाडि बढाउन सकिने बताउनुभयो ।


सोहि अवसरमा उहाँहरुको तर्फबाट पसगाउँ समाजलाई नगद रु.६० हजार दान स्वरुप प्रदान गर्नुभयो भने तमू धि लण्डन इकाईको तर्फबाट आर्थिक अवस्था कमजोर भएकी पसगाउँ निवासी चिजकुमारी गुरुङलाई ३० हजार रुपैंया सहयोग गर्नुभयो ।

यस्तै पसगाउँमा रहेको बौद्ध गुम्बालाई पनि आजै उहाँहरुले नगद रु. १० हजार आर्थिक सहयोग गर्नुभएको छ भने समाजका नृत्य निर्देशकलाई पनि नगद १० हजार रुपैंया प्रोत्साहन स्वरुप प्रदान गर्नुभयो ।


तमू धि लण्डन इकाई आमा समुहकी अध्यक्ष समेत रहनुभएका दिलमाया गुरुङ बुद्धिष्ट कम्युनिटी युकेको पनि आमा समिति अध्यक्ष हुनुहुन्छ भने श्रीमान नन्दप्रसाद गुरुङ तमू धि लण्डन इकाइको सह कोषाध्यक्ष हुनुहुन्छ ।

उहाँहरुले यसअघि पसगाउँ ठाँटी मा.वि.मा स्थापना गर्नुभएको ६ लाख ५० हजारको अक्षयकोषको व्याज बापत प्राप्त रु. १ लाख २५ हजार रुपैंयाले यसवर्ष नयाँ विद्यालय भवन थप्न सहयोग पुगेको भन्दै विद्यालयका प्र.अ.रतनसिंह गुरुङले कार्यक्रम मार्फत उहाँहरुप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँहरुकै सहयोगमा पसगाउँ तमू समाजका आमाहरुलाई तमू पोशाकसँग लगाउने चोलो समेत प्रायोजन गरिएको थियो ।

आज आयोजित सम्मान तथा खिर खाने कार्यक्रम समाजका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने समाजका सदस्य हरिमाया गुरुङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पसगाउँ तमू समाजका कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284