पिस टाउनको छैटौं स्थापना दिवस सम्पन्न
लायन्स क्लब अफ पोखरा पिस टाउनले क्लब स्थापनाको ६औं स्थापना दिवस मनाएको छ । पोखरामा आयोजित एक कार्यक्रमका बीच क्लबले स्थापना दिवस (चार्टर नाइट) मनाएको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गतको उक्त क्लब महिला मात्रको क्लब हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिफ डिष्ट्रिक्ट पिआरओ परमेश्वर बरालले पिस टाउनले समाजमा गरेका मानविय सेवाका कार्यहरु उष्कृष्ठ भएको बताए । एउटा क्लब अध्यक्ष एक्टीभ भयो भने क्लबले कति काम गर्न सक्दो रहेछ भन्ने कुरा पिस टाउनले प्रमाणीत गरेको छ उनले भने ।

कार्यक्रममा क्लबका एक्टेन्सन चेयरपर्सन एवं डिष्ट्रिक्ट एड्भाईजर सुदिपराज ढुंगाना, क्लबका रिजन चेयरपर्सन कृष्ण आचार्य, क्लबका गाईडिङ लायन एवं जोन २९ का जोन चेयरपर्सन टंकराज अधिकारी, क्लबका पुर्व अध्यक्ष एवं जोन चेयरपर्सन उषा क्षेत्री, क्लबका संस्थापक अध्यक्ष लारायणी कोईराला, विर्तमान अध्यक्ष सिता कोईराला, पुर्व अध्यक्ष सविता बराल, प्रथम उपाध्यक्ष गीता थापा, द्धित्तिय उपाध्यक्ष सरला तिमिल्सीना, क्लब सचिव सिता तिमिल्सीना लगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष डा विनिता कोईरालाकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका संस्थापक लगाएत अन्य लायन्स सदस्यहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38