ताजा खबर

पुस २७ गतेदेखि अमरसिंह चौरमा नवौ पोखरा महोत्सव आयोजना हुने

   २५ पुष २०७५, बुधबार ०७:००      1,670 views


पोखराको अमरसिंह चौरमा पुस २७ देखी माघ ८ गते सम्म आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी अमरसिंह चौरमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।


मुल समारोह समितीका संयोजक तथा क्लवका अध्यक्ष लालकाजी गु?ङका अनुसार नवौ संस्करणको पोखरा महोत्सवमा यसपटक युनाइटेड क्लवको पहलकदमीमा पोखराको लेखनाथ पचभैयामा निर्माणधिन ज्योलोजिकल पार्कको अवलोकनको ब्यवस्था मिलाइने भएको । पचभैया जाने दर्शकका लागी निशुल्क वसको ब्यस्था मिलाइएको क्लवका संस्थापक अध्यक्ष तथा पोखरा ज्योलोजिकल पार्कका अध्यक्ष हिमाले बख्रेलले वताए ।

बख्रेलका अनुसार पोखरा महानगरपालिकाको वडा नम्बर ३०, ३१, र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १ सय ३४ हेक्टर जमिनमा पशुपंछी उद्दार केन्द्रको लागी भवनह?को निर्माण, खानेपानी जडान, यातायातको सहजिकरणको लागी बाटो निर्माण कार्य अगाडी बढेको छभने मृगस्थली , बाघ राख्ने खोर निमार्ण सम्पन्न भईसकेको छ भने गण्डकी प्रदेश सरकारको सहयोग र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयको प्रत्यक्ष निगरानी मा थप चरा ,मृग, बाँदर,हिमालयन थार र भालुको ठूला —ठूला इनक्लोजरह?, वन्यजन्तुको लागी पानी ट्याक्की ,घाईते वन्यजन्तुको उपचार कक्ष,विरामी वन्यजन्तु बोक्ने स्टेचर विभिन्न इनक्लोजर सम्म पूग्ने गोरेटो बाटो र प्रवेशद्धार निमार्णको लागी कार्य अगाडी बढी सकेका छ ।

गण्डकी प्रदेश सरकार बाट ?. १ करोड ५० लाख पोखरा जुलोजिकल पार्कको डि.पि.आर विनियोजन भएको छभने विभिन्न जनवारह? राख्नका लागी १ करोड ५० लाख बजेट विनियोजन भइ काम अगाडी वढिरहेको बख्रेलले वताए ।


महोत्सव अवधिभर हास्य ब्याङ्ग्य प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, नेपाली संस्कृति झल्कने सांस्कृतिक प्रस्तुुती, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरिय लोक दोहोरी प्रतियोगिता, झाकी प्रतियोगिता र विभिन्न मनोरन्जनात्मक कार्यक्रमह? रहने वताउदै श्रेष्ठले महोत्सवमा सुरक्षाको उचित प्रबन्धको ब्यवस्था गरिएको छभने पार्किङ, शौचालन, निशुल्क वाइफाइ, प्राथमिक उपचार सहित एम्बुलेन्सको ब्यवस्था गरिएको छभने अग्नि, चट्याङ, भुकम्प, हुरिबतास, हुलदङ्गाले हुन सक्ने क्षतीलाई मध्येनजर गरी बीमाको समेत ब्यवस्था गरिएको वताए ।


२ सय ५० वटा स्टल रहने महोत्सवमा दुई लाख देखी दुइ लाख ५० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छभने १ करोड २६ लाख १० हजार अनुमानित आम्दानी र ८७ लाख ५० हजार खर्च गरी ३८ लाख ६० हजार वचत गर्ने अनुमान आयोजकले गरेको छ ।

महोत्सवमा सर्वसाधरणलाई ८० र बिद्यार्थीलाई ६० ?पैया टिकटदर कायम गरिएको छभने अपाङ्ग, बृद्धबृद्धा, एकल महिला, पत्रकार र सुरक्षा निकायलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284