ताजा खबर

पश्चिमाञ्चल होटल संघ पूर्व सल्लाहकार परिषद् संयोजकमा शर्मा

   २३ माघ २०७५, बुधबार १८:१०      2,661 views

पश्चिमाञ्चल होटल संघ पोखराको पूर्व अध्यक्ष एवं सल्लाहकारहरुको बैठकले संस्थाका संस्थापक, पूर्व अध्यक्ष एवम् सल्लाहकार सहित १२ सदस्य रहने गरी पूर्व अध्यक्ष परिषद् गठन गरेको छ ।


परिषद्को संयोजकमा संघका पूर्व अध्यक्ष एबं सल्लाहकार हरिप्रसाद शर्मा गैह्रे चयन भएका छन् । पोखरा र यस वरपरको पर्यटन प्रवद्र्धन, होटल उद्योगको सम्बद्र्धन, विगतका ज्ञान, सीप, दक्षता र अनुभवहरुले यस व्यवसाय र नयाँ तथा यूवा व्यवसायीहरुलाई प्रोत्साहन गर्न यो परिषद् गठन गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।

होटल संघका गतिविधिमा समेत परिषद्ले सहयोग गर्ने छ । परिषद् अन्तर्गत ६ वटा विभिन्न उप–समिति गठन गरिएको छ ।


संघ संस्था समन्वय उपसमिति संयोजकमा पूर्व अध्यक्ष एवम् सल्लाहकार विश्वशंकर पालिखे, श्रम तथा कानुनी परामर्श उप–समिति संयोजकमा मेहरमान श्रेष्ठ, टुरिजम प्रोडक्ट डेभलपमेन्ट उप–समिति संयोजकमा बच्चुराम तिवारी, राजनीतिक दल समन्वय उप–समिति संयोजकमा लक्ष्मी बहादुर भट्टराई, वातावरण तथा सरसफाई उप–समिति संयोजकमा गोविन्दराज पहारी, पर्यटन प्रवद्र्धन तथा प्रचारप्रसार उप–समिति संयोजकमा विप्लव पौडेल, प्रशासन, बैंक तथा वित्तीय संस्था उप–समिति संयोजकमा भरतराज पराजुली रहेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284