पोखराका महिला फोटोग्राफरहरु आन्तरिक पर्यटन प्रर्वद्धनमा अघि बढदै
कोरोनाको कहरले थलिएको पर्यटन ब्यवसायमा आन्तरिक पर्यटकको चहलपहलका कारण राहत मिल्न थालेको छ ।

पोखराका महिला फोटोग्राफरहरु आन्तरिक पर्यटन प्रर्वद्धनमा लाग्दै बाग्लुडको पञ्चकोट पुगेका छन् ।
पोखरा फोटोग्राफर संघ महिला उपसमितीको आयोजनामा पर्यटन प्रर्वद्धन तथा फोटोग्राफी क्षमता अभिववृद्धिका लागि पोखराबाट सुरु भएको अवलोकन भ्रमण पर्वतका लामो पुल, केवलकार, बन्जीजम्प, बाग्लुड.कालिका हँुदै पञ्चकोटसम्म तय भएको हो ।
भ्रमणका क्रममा खिचिएका तस्विरहरुलाई विभिन्न अवसरमा प्रर्दशन तथा प्रतियोगिताहरुमा सहभागिता जनाउने पोखरा फोटोग्राफर संघ महिला उपसमिती संयोजक शान्ती सुवेदीले बताउनु भयो ।

अवलोकन भ्रमणले आन्तरिक पर्यटनमा टेवा दिनुका साथै आउटडोर फोटोग्राफीका लागि महत्वपुर्ण भुमिका खेल्ने समेत बताइएको छ ।
पोखराबाट निस्केको भ्रमण टोलिले कुश्मामा पर्वत फोटोग्राफर संघ पर्वत र बाग्लुडमा बाग्लुड फोटोग्राफर संघसँग फोटोग्राफी क्षेत्रमा महिला सहभागिता सम्बन्धमा अन्तरक्रिया समेत गरेका छन् ।
यात्रामा पोखरा फोटोग्राफर संघका ३९ जना महिला फोटोग्राफर सदस्यहरुको सहभागिता रहेको थियो ।
आजको खबर
३० असार पोखरा तमु धिं नेपाल कास्की जिल्ला अन्तरगत गठित तमु विद्यार्थी समितिले अभिभावक भेटघाट तथा प्रथम बैठक गत असार २७ गते सम्पन्न भएको छ…
अझै पढ्नुहोस्
पोखरा, असार २९ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीद्वारा संचालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार बाट वरिष्ठ पत्रकार रुद्रबहादुर हितानमगर र पत्रकार इन्दिरा गुरुङ…
अझै पढ्नुहोस्Follow Us
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट हितानमगर र गुरुङ सम्मानित
३० असार २०८३, मंगलवार १२:१६
तमू विद्यार्थी समिती कास्कीको अभिभावक भेटघाट कार्यक्रम सम्पन्न
३० असार २०८३, मंगलवार १२:३८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38