ताजा खबर

पोखरामा क्होला सोंप्रे ट्हो संक्षरण सम्बन्धी गोष्ठी सम्पन्न

   १८ श्रावण २०७६, शनिबार २२:०७      1,354 views

तमूहरुको ऐतिहासिक तथा पुरातात्विक महत्वको क्षेत्र क्होला सोंप्रे ट्होको संरक्षणको आवश्यकता, औचित्य र महत्व विषयक गोष्ठी आज पोखरामा सम्पन्न भएको छ ।

क्होला परिवार (समाज) पोखरा, चिउली पार्चे तमू समाज पोखरा र रुपा तमू समाज पोखराको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रगतिशील लेखक संघ गण्डकीका अध्यक्ष लोकबहादुर थापा मगरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


कार्यपत्र प्रस्तुत गर्दै उहाँले मानव सभ्यताको महत्वपूर्ण क्षेत्र तथा पुरातात्विक, ऐतिहासिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण स्थल क्होला सोंप्रे ट्होको उचित अध्ययन, अनुसन्धान, खोजी, प्रचारप्रसार र संक्षरण हुन भने नसकेको बताउनु भयो ।


साथै उहाँले क्होला सोंप्रे ट्होको संरक्षणको लागि राष्ट्रिय तथा अन्तराष्ट्रि रुपमा सार्वजनिक संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने, क्होलाको वैज्ञानिक सर्वेक्षण, वर्गीकरण, परामर्श तथा संरक्षणको लागि आवश्यक व्यवस्था गर्न विभिन्न समितिहरु गठन गर्नुपर्ने, उक्त स्थलमा जथाभावी भेडी गोठ निर्माण, धर्मशाला र पार्टी पौवा ठाँटी निर्माण गरी पुरातात्विक वस्तुहरु हिनामिना गर्ने काम तुरुन्तै रोक्नुपर्ने तथा क्होलाको विकासको लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकारले स्पष्ट नीति ल्याउनुपर्ने माग समेत गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय सांसद एवम् पूर्व कानून मन्त्री तथा नेकपाका नेता देवप्रसाद गुरुङले ऐतिहासिक महत्वको क्षेत्र क्होला संरक्षणका निम्ति तिनै तहका सरकारका बीच समन्वय जरुरी रहेको बताउनुभयो । त्यहाँ रहेका पुरातात्विक सम्पदा एवम् भग्नावशेषहरुलाई उचित संरक्षण गरी पर्यटकीय गन्तव्यका रुपमा पनि विकास गर्न सकेमा यसको छिटो प्रचार, विकास र संरक्षण गर्न सकिने उहाँको भनाई रहेको छ ।


गुरुङहरुको ऐतिहासिक थलो भएपछि त्यसको संरक्षण सर्वद्धन सबैको दायित्व हो भन्दै उहाँले क्होलाको कति जमिन उत्खननको लागि महत्वको छ भन्ने यकिन गरी संरक्षणका लागि पुरातत्व विभागबाट सिमाकङ्न हुन जरुरी रहेको समेत बताउनु भयो यसरी यकिन भएमा मात्र त्यसभन्दा बाहिरका अन्य पर्यटकीय क्षेत्रलाई पहिचान गरी भौतिक पुर्वाधार र संरचना निर्माण गर्नुका साथै अध्ययन अवलोकन गर्ने ऐतिहासिक स्थलको रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।


कार्यक्रममा मानशास्त्री एवम् पच्यु चिवा पोलबहादुर क्रोम्छै तमूले क्होलामा भौतिक संरचना बनाउन रोक्नुपर्ने भन्दै हालसम्म क्होलाको बारेमा बनेको डकुमेन्ट्री, गीत तथा विभिन्न समयमा प्रकाशित पुस्तकहरुलाई दस्तावेजको रुपमा लिएर यसको अध्ययनलाई अझै पूर्ण बनाउनु पर्ने बताउनुभयो ।


यस्तै तमू धी नेपालका सचिव तथा अधिवक्त जुनाकुमारी तमूले कार्यक्रममा स्थानिय निकायलाई समावेश नगरेको भन्दै आयोजकप्रति गुनासो गर्नुभयो । क्होलाको संरक्षणको पहल राज्यको तर्फबाट नै हुनुपर्ने उहाँको भनाई रहेको छ ।


कार्यक्रममा तमू प्ये ल्हु संघका केन्द्रिय पच्यु चिवा कूलप्रसाद क्रोम्छै तमू, क्लेप्री चिवा लोकबहादुर टु तमू, नेकपा कास्कीका सचिव बखानसिंह तमू, नेकपा लमजुङका सह इञ्चार्ज अमर तमू, गण्डकी प्रदेशका सांसद मनकुमारी तमू लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284