ताजा खबर

पोखरामा गुरुङ साहित्यिक मञ्चको आठौं रचना वाचन

   २४ माघ २०७५, बिहीबार २१:३०      2,807 views

गुरुङ साहित्यिक मञ्च नेपालको आठौं नियमित रचना वाचन कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।

हाल हङकङ निवासी मिलन फान्डेशन नेपालका संस्थापक तथा समाजसेवी दुर्गा मिलन गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न गुरुङ स्रष्टाहरुले रचना वाचन गरेका थिए ।

होटल टाक्स इन्टरनेशनलको मुन्धुम सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रतिममा गुरुङ, सीता गुरुङ, सम्राट गुरुङ, तेजबहादुर च्हाक्ली गुरुङ, दीपक गुरुङ, किरण गुरुङ, जसु गुरुङ, रोशनी गुरुङ, गौरी गुरुङ लगायतको स्रष्टाहरुले आफनो रचना वाचन गरेका थिए ।


यसैबीच गुरुङ साहित्यिक मञ्च नेपालले रचना वाचनसँगै समाजसेवी तथा कार्यक्रमका प्रमुख अतिथि दुर्गा गुरुङ मिलनलाई पूmलमाला, फेटा, खादा र बुकेले स्वागत तथा सम्मान गरेको छ । छोटो समयका लागि घर विदामा नेपाल आउनुभएका गुरुङलाई मञ्चले विभिन्न समयमा संस्थालाई आर्थिक तथा नैतिक सहयोग गरेको भन्दै सम्मान गरेको हो ।

सम्मान ग्रहण गरेपछि प्रमुख अतिथि दुर्गा गुरुङ मिलनले गुरुङ साहित्यिक मञ्चले गर्ने हरेक कार्यक्रममा आफनो साथ र सहयोग रहने भन्दै सम्मान र स्वागतको लागि आभार व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा मञ्चकी अध्यक्ष गौरी गुरुङ र उहाँका श्रीमान मिनराज गुरुङले गत माघ २ गतेबाट औपचारिक रुपमा सञ्चालनमा ल्याएको होटल टाक्स इन्टरनेशनलको व्यवसायिक सफलताको कामना गर्दै पूmलमाला, पुष्पा गुच्छा र खादाले बधाई ज्ञापन गरेको छ ।


सोही अवसरमा मञ्चका कार्य समिति सदस्य सम्राट गुरुङकी बज्यैको दुःखद निधन भएले शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै गुरुङ परम्परा अनुसार संस्थाको तर्फबाट रुपा लगाई स्याई स्याई गरेको छ ।

मञ्चकी अध्यक्ष गौरी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव रोशनी गुरुङले गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284