ताजा खबर

पोखरामा टहोटे पर्व सम्पन्न, एकता र इमानदारीता नै तमूहरुको शक्ति हो ः मन्त्री विकास लम्साल

   २८ श्रावण २०७६, मंगलवार १९:३७      2,316 views

तमू धि नेपालको आयोजनामा पोखरामा तमू जातिले आज टहोटे पर्व मनाएको छ ।
प्रत्येक वर्ष चैत्र महिना र साउन महिनाको अन्तिम मङगलबार मनाउने यस पर्व यो वर्ष पनि सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले तमू जातिको सबै भन्दा ठूलो शक्ति भनेकै उनीहरुको एकता, इमनदारीता र कामप्रति बफदारीता रहेको बताउनुभयो ।

गण्डकी प्रदेशले प्रदेशको समृद्धिको लागि पर्यटनलाई ध्यानमा राखेर यसवर्ष आन्तरिक पर्यटन वर्ष मनाई रहदा यसमा तमू जातिको संस्कृति र एकताले धेरै ठूलो मद्दत पुगेको उहाँको भनाई छ ।
आउने पाँच वर्षमा नेपालको सात प्रदेश मध्ये गण्डकी प्रदेशलाई धनी प्रदेश बनाउने र यसको लागि पर्यटन, कृषि, उर्जा र उद्योग नै यसको मुख्य आधार रहेको भन्दै आफूहरु उद्देश्य प्राप्तीको निम्ती अहिले दैनिक १८ घण्टासम्म काम गरिरहेको उहाँले बताउनुभयो ।

१२औं शताब्दीमा तमू जातिको घना बस्ती रहेको क्होला सोंथर अहिले आएर के कारणले मानव विहिन भयो भनेर प्रदेश सरकारले ५० लाखको लागतमा त्यहाँबाट मानिसको बसाई सराईको कारण पत्ता लगाउने काम गरिरहेको र यसको लागि भूगोलविद्, इतिहासविद् र वातावरणविद्को संलग्नतामा काम भईरहेको समेत उहाँले बताउनुभयो ।


गण्डकी प्रदेशको नाम तमूवान राख्न नसकेता पनि यहाँको तमूहरुलाई अन्य कुनै जातिले कमजोर बनाउन नसक्ने उहाँको भनाई छ । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले आफू पहिलो पटक टहोटे कार्यक्रममा सहभागि भएको भन्दै यो देशका सबै जातजाति र उनीहरुको संस्कृतिको रक्षा गर्ने काम सरकारले गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व लण्डनको बरो अफ र्बनेट काउन्सिलका उप मेयर लक्षयबहादुर गुरुङले नेपालमा भएपनि विदेशमा भएपनि अघि बढन चाहानेहरु मूलधारमै जानुपर्ने भन्दै आफू सन २०१२ बाट त्यहाँको राजनीतिमा सक्रिया भएर लागेको र २०१४ मा चुनाव लडेता पनि सफल नभएको तथा २०१८ मा पुनः चुनाव लडने अवसर पाएपछि उप मेयरमा निर्वाचित हुन सफल भएको बताउनुभयो ।


अहिले बेलायतको संसदमा विश्वका १ सय ८० देशका नागरिकहरु प्रतिनिधि रहेको भन्दै यस्तो ठाउँमा आफूले नेपालको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताउनुभयो । अहिले नेपालका करिब ७० लाख नागरिक विदेशमा रहेको भन्दै देशको विकासमा देशभित्र र देश बाहिरा रहेकाहरु बीच आपसी सहकार्य भयो भने मात्र देशको विकास सम्भव रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद कास्कीका अध्यक्ष धर्मबहादुर तमूले आदिवासीले चाड पर्व मात्रै मनाएर नहुने भन्दै त्यो अनुसारको काम पनि गर्न तमू समुदायलाई सुझाव दिनुभयो ।

यस्तै कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पार्दै तमू धि नेपालका द्धितिय उपाध्यक्ष हुमबहादुर तमूले तमूहरु पहिले लेकमा र जंगलमा हुँदा आफनो बैरीको सामाना कसरी गर्थे र आफनो आत्मा रक्षा कसरी गर्थे भन्ने कुरा झाँकीको मार्फत अरु समुदायलाई देखाउन यो पर्व मनाएको बताउनुभयो । अर्को प्रसंगमा उहाँले मुलुकको अहिलेको संविधान नेपालका आदिवासी जनजातिको हित अनुकुल नरहेको भन्दै यसलाई सच्याउन माग गर्नुभयो । आफनो जातिको लागि इमान्दार भएर काम गर्दा सँगैका साथीभाइ सांसद मन्त्री भएको तर आफू जहिको तहि भएको उहाँको भनाई छ ।


तमू धि नेपालका अध्यक्ष कर्म तमूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव जुनाकुमारी तमूले गर्नुभएको थियो भने साँस्कृतिक संयोजक मेनकाजी तमूले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रम अघि पोखराको बगर टुँडीखेलबाट सुरु भएको झाँकी सहितको रयालीले पोखराको विभिन्न भाग परिक्रमा गरेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284