ताजा खबर

पोखरामा दुईवटा अनलाइन एकसाथ विमोचन

   २७ असार २०७६, शुक्रबार ०९:०२      1,536 views

पछिल्लो समय अनलाइन मिडियाको लोकप्रियता बढी रहेकोको बेला पोखरालाई मुख्य केन्द्र र कार्य क्षेत्र बनाएर दुई वटा अनलाइन एकसाथ विमोचन भएको छ । छ्याजालो मिडिया ग्रुप प्रा.लि.द्धारा सञ्चालित छ्याजालो न्युज डटकम र मिलन फाउन्डेशनद्धारा सञ्चालित मिलन वल्ड डटकमको विमोचन भएको हो ।

गण्डकी प्रदेशका सांसद मिना गुरुङले एक कार्यक्रमका बीच ति दुवै वेभसाइटको विमोचन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मिना गुरुङले सञ्चार माध्यमको बढदो बजारसँगै सत्य तथ्य समाचारहरु कमहुँदै गएकोले जुनसुकै सञ्चारकर्मीहरुले सत्य तथ्य र स्वतन्त्रतालाई आत्मासाथ गर्नुपर्ने बताउनुभयो ।


सञ्चारकै माध्यमद्धारा अविकसित समाजलाई विकास र समृद्धि तर्फ अघि बढन सहयोग गर्ने भन्दै पत्रकारिता गर्ने जो कोहि आफनो पेशामा गम्भीर भएर अघि बढन उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा छ्याजालो मिडियाको बारेमा जानकारी दिँदै सञ्चालक सम्पादक तिलबहादुर गुरुङले गुरुङ समुदायको भाषा र धर्म संस्कृतिको बारेमा विशेष केन्द्रित भएर आफूहरुले मिडिया सञ्चालन गर्ने बताउनुभयो ।


यस्तै मिलन फाउन्डेशनका कोषाध्यक्ष दिपिका सिञ्जालीले सामाजिक क्षेत्रमा क्रियाशिल रहेको मिलन फाउन्डेशनले अब चलचित्र र विभिन्न सामाजिक संघ संस्थाको गतिविधिलाई बढाव दिने उद्देश्यले मिलन वल्ड न्युज डटकम सञ्चालनमा आएको बताउनुभयो ।


कार्यक्रममा तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमू, आमा समितिका अध्यक्ष पुष्पा तेल्मे तमू, फोनिजका गण्डकी प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङ, पूर्व सभासद अमर गुरुङ, चलचित्र निर्देशक कृष्णकुमार गुरुङ, हिमाली साँस्कृतिक परिवार अध्यक्ष मेनकाजी गुरुङ लगायतले दुवै मिडियालाई सफलताको शुभकामना दिनुभएको थियो ।

छ्याजालो मिडिया ग्रुपका अध्यक्ष तिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य मिलन वल्ड न्युजका सम्पादक रुद्र श्रीस मगरले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन छ्याजालो मिडिया ग्रुपका कार्यकारी सम्पादक चित्र गुरुङले कार्यक्रम गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284