ताजा खबर

पोखरामा पहिलो पटक २५ जना स्नाकोत्तर तह उत्तीर्ण तमू विद्यार्थीहरु सम्मानित

   २७ फाल्गुन २०७५, सोमबार २२:२०      3,263 views

तमू प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा पोखरामा पहिलो पटक स्नाकोत्तर तह (मास्टर डिग्री ) उत्तीर्ण तमू विद्यार्थीहरुलाई सम्मान गरिएको छ ।


तमू जातिको कूलमा जन्मेर उच्च शिक्षा स्नाकोत्तर तह उत्तीर्ण गरि नेपालमा कुनै जागिर वा व्यवसाय गरेर बसेका तमूहरुलाई मात्र सम्मान गरिएको हो । पहिलो चरणमा २५ जना तमूहरुलाई सम्मान गरिएको छ । स्नाकोत्तर तह उत्तीर्ण गरेता पनि विदेशी भूमिमा कर्म थलो बनाएकाहरुलाई भने यो सम्मान प्रदान नगरिने आयोजक संस्था तमू प्ये ल्हु संघले जनाएको छ ।


तमू प्ये ल्हु संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष क्या.इन्द्रबहादुर च्हम्रु तमूको प्रायोजन र तमू प्ये ल्हु संघ केन्द्रिय समितिको आयोजनामा भएको उक्त कार्यक्रममा गौरीसरा तमू, जुनाकुमारी तमू, हुमबहादुर तमू, कर्णबहादुर तमू, जीवन तमू, तेजबहादुर तमू, भीमबहादुर तमू, रिस्मा तमू, विजय तमू, शीला तमू, लक्ष्मी तमू, रेनु तमू, कञ्चन तमू, शान्ति तमू, लोकबहादुर तमू, खिमबहादुर तमू, देवकुमारी तमू, अनुप तमू लगायत सम्मानित हुनुभएको छ ।

सम्मान ग्रहणपछि सम्मानितहरुको तर्फबाट बोल्दै अधिवक्त जुनाकुमारी तमूले मानिसको जीवन कुन दिशा तर्फ अघि बढछ भन्ने कुरा उसको शिक्षाले निर्धारण गर्ने भन्दै योग्यता र क्षमता भएको व्यक्तिलाई अवसरहरुले पछयाउँदै आउने बताउनु भयो । आफै आबद्ध भएको संस्थाबाट यसरी सम्मानित हुन पाउँदा आफूलाई एकदमै खुशी लागेको भन्दै उच्च शिक्षा हाँसिल गर्न सबै तमूहरुले जोड दिनुपर्ने बताउनुभयो ।


अर्का सम्मानित व्यक्तित्व एवं कास्की आवाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक हुमबहादुर तमूले ढिलै भएपनि तमू समुदायले उच्च शिक्षा हाँसिल गरेको तमूहरुलाई सम्मान गर्ने परम्परा बसालेको भन्दै खुशी व्यक्त गर्नुभयो । उच्च शिक्षा हाँसिल गरेका तमू युवाहरुलाई नेपालमै बस्न र कुनै पेशा व्यवसायमा लाग्न उहाँले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्राध्यपक डा.विरेन्द्रसिंह तमूले हरेक व्यक्तिले आफूले लिएको शिक्षा देश र समुदायको लागि सदुपयोग गर्नुपर्ने बताउनुभयो । यसरी सदुपयोग गरेको शिक्षाले समाजमा महत्वपूर्ण सन्देश प्रवाह हुने उहाँको भनाई छ । कार्यक्रममा प्रायोजकको तर्फबाट बोल्दै संघका वरिष्ठ उपाध्यक्ष क्या.इन्द्रबहादुर च्हम्रु तमूले आफूहरुको पालामा पढछु भन्दा पनि पढन नपाएकोले अहिलेको युवा पुस्ताले पढेर देशमै केहि गर्न प्रेरण जागोस भन्ने उद्देश्यले आफूले यस्तो सम्मान कार्यक्रमको प्रचलन अघि सारेको बताउनु भयो ।

आगामी दिनमा सम्मान कार्यक्रमको निरन्तरताको लागि अक्षयकोष नै खडा गरेर अघि बढने सोचमा आफूहरु रहेको उहाँले बताउनुभयो । तमू प्ये ल्हु संघका केन्द्रिय अध्यक्ष हितकाजी टु तमूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पमबहादुर क्रोम्छै तमूले स्वागत मन्तव्य राख्नु भएको थियो भने सचिव लोकेन प्हच्यु तमूले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284