ताजा खबर

पोखरामा बसोबास गर्ने किरांतहरुले मनाए उधौली पर्व

   ७ पुष २०७५, शनिबार २०:४६      2,783 views

पूर्वबाट विभिन्न कामको शिलशिलामा पोखरा आइ बसोबास गर्नेहरुको समुह किरात सेवा समाज कास्कीले पोखरामा उधौली पर्व मनाएको छ । किरातहरुको उभौली पर्वको अवसरमा वोल्दै नेपाल कम्युनिष्ट पार्टीका सचेतक शान्ता चौधरीले आदिवासी जनजातिको पहिचान र संस्कृतीको संरक्षणका लागी आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने वताइन । पूर्वमा बसोबास गर्ने किरात समुदायले पश्चिम पोखरामा रहेर पनि आफ्नो संस्कृतिलाई जोगाउने उद्देश्यले आफ्नो परम्परागत संस्कृतीलाई अन्य समुदायको सामु उजागर गरेकोमा खुसी ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने समेत वताइन ।

प्रतिनिधी सभाका सदस्य समेत रहेकी चौधरीले आदिवासी जनजातिहरु पछिल्लो क्रममा रमाइलोमा भुल्ने क्रम वढ््दो रहेको वताउदै रमाइलोमा भन्दापनी आफुभन्दा ठूला मानिसहरुको कुरा सुनेर उनीहरुलाई पच्छ्याउदै अगाडी वढ्नुपर्नेमा जोड दिइन । संस्कृतीको संरक्षण एक ठाउमा छ त्यसमा पनि आदिवासी जनजातिहरु अझैपनि अध्ययनमा पछि रहेकाले आफ्ना सन्ततिहरुलाई अध्ययन तर्फ अगाडी वढाउनुपर्नेमा चौधरीको जोड रहेको थियो ।
सो अवसरमा वोल्दै किरात सेवा समाज कास्कीका सल्लाहकार मनोज किरातीले किरातहरुको सभ्यता भनेकै उधौली पर्व भएको वताए । किरात सभ्यता अनुसार उधौली पर्व भनेको खेतीपाती भित्रयाएर लेकमा रहेको गोठहरु बेसीमा सार्ने र नया वर्षको रुपमा उधौलीलाई मनाउने गरेको वताए । पछिल्लो समय किरात समुदायका मानिसहरु एक ठाउमा मात्र नभइ मुलुकका विभिन्न ठाउमा रहेकाले पनि संस्कृतीको संरक्षणमा जोड दिनुनै अहिलेको मुख्य मुद्धा रहेकाले सवैले यसबारेमा ध्यान दिन जरुरी रहेको किरातीको भनाइ रहेको थियो ।

त्यस्तै ह्योल्मो समाज कास्कीका अध्यक्ष तथा युवा संघका केन्द्रिय सचिव पूर्ण ह्योल्मो लामाले सरकारले पछिल्लो समय आदिवासी जनजातिहरुको हक अधिकारलाई कुण्ठित गर्दै साकेला उधौली उभौली, ल्होसार, माघी जस्ता पर्वहरुमा बिदा कटौती गरेको वताउदै त्यसबारेमा सरकारले ध्यान दिन जरुरी रहेको वताए । आदिवासी जनजातिहरुको संस्कृती र पहिचानलाई झल्काउने पर्वहरुलाई सरकारले प्रवद्र्धन गर्नुको साट्टो उल्टै विदा कटौती गर्नु गलत भएको वताउदै त्यसबारेमा नेपाल सरकारले सोच्नुपर्ने वेला आएको ह्योल्मोको भनाइ रहेको थियो । कार्यक्रममा नेकपाका सचेतक शान्ता चौधरीलाई कमलरी प्रथादेखी सांसद सम्म आदिवासी जनजातिको छोरीले संघर्ष गरेको भन्दै किराँत सेवा समाज कास्कीले सम्मान गरेको थियोभने विरामी उपचार सहयोग कोषमा सहयोग गर्ने बेगनास युवा क्लवका अध्यक्ष राम बहादुर रानाभाट र समाजको विभिन्न भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने ब्याक्तिहरुलाई सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष लोकेन्द्र कुमार चाम्लिङ राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा तनहुकी नेतृ भगवती न्यौपाने, स्वतन्त्र पत्रकार महासंघ नेपालका अध्यक्ष बिष्णु प्रसाद बास्तोला, किरात समाजका सल्लाहकार दिपेन्द्र राइ, पूर्वाञ्चल सेवा समाजका अध्यक्ष डिबी राइ, निवर्तमान अध्यक्ष गजेन्द्र सुब्बा लगायतले वोलेका थिएभने । समाजका वरिष्ठ उपाध्यक्ष मनकुमार मुखियाले स्वागत मन्तब्य ब्यक्त गरकोे कार्यक्रमको सञ्चालन समाजका सचिव नविन कुमार राइले गरेका थिए । कार्यक्रममा किरातहरुको संस्कृती झल्काउने साकेला र च्याब्रुङ नाच समेत प्रस्तुत गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284