ताजा खबर

पोखरामा भदौ २८ गते हुने स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझको सम्पूर्ण तयारी पूरा

   २६ भाद्र २०७६, बिहीबार १७:१८      1,591 views

तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिको आयोजनामा यहि भदौ २८ गते शनिबार आजायोजना हुने स–फुँ–क्ह्याल्स साँस्कृतिक साँझको सम्पूर्ण तयारी भएको छ ।

आज पोखरामा पत्रकार सम्मेलन गर्दै आयोजक समितिका अध्यक्ष सुकबहादुर गुरुङले आपूmहरु कार्यक्रमको अन्तिम चरणमा रहेको भन्दै अब दर्शकहरुको पर्खाइमा रहेको बताउनुभयो ।


तमू जातिको कुल धर्म बोन धर्मको बारेमा साँस्कृतिक कार्यक्रम मार्फत प्रचार प्रसार गर्ने र आगामी २०७८ सालमा हुने राष्ट्रिय जनगणनामा धेरै भन्दा धेरै बोन धर्मावलम्बीको सहभागिता जनाउन सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।


अध्यक्ष सुकबहादुर गुरुङले पहिलो पटक आपूmहरुले यो ऐतिहासिक कार्यक्रमको आयोजना गर्न लागेको बताउनुभयो । पोखरा सभागृहमा भदौ २८ गते दिउँसो १ बजेबाट शुरु हुने कार्यक्रममा गायक मिलन लामा, गायक तथा संगीतकार धनबहादुर गुरुङ र गायिका कुशुम गुरुङको साँङगेतिक प्रस्तुति रहने छ भने तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिमा आवद्ध करिब ६० जना कलाकारले दर्जन भन्दा बढी गीतमा आफनो प्रस्तुति दिने तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका साँस्कृतिक संयोजक विश्वास गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रम सम्पन्न गर्न ११ लाख ३० हजार खर्च हुने र १६ लाख ५० हजार आम्दानी हुने आयोजकको अनुमान रहेको छ ।


हालसम्म तमू प्ये ल्हु संघ युके मुख्य प्रायोजक र तमू प्ये ल्हु संघ हङकङ सह प्रायोजकको रुपमा सम्झौता भएको छ भने रामकाजी त्होर्जे तमू र श्रीमती शकुन्तला भुच्चा तमू, गुरुङ कटेज घान्द्रुक, डब्लुओटु बलबहादुर टु क्लेप्री तमू, ल्वाङ टी इस्टेट प्रा.लि.ले प्रायोजकको रुपमा सहयोग गरिसकेको छ भने अन्य सहयोग आउने क्रम जारी रहेको आयोजकले जनाएको छ ।


कार्यक्रम हेर्नका लागि २ सय र ३ सय टिकट तोकिएकोमा हालसम्म ८० प्रतिशत टिकट बिक्री भएको छ भने बाँकी २० प्रतिशत कार्यक्रम स्थलबाट बिक्री गरिने आयोजकले जनाएको छ ।


तमू प्ये ल्हु संघ केन्द्रिय युवा समितिका अध्यक्ष सुकबहादुर तमूको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा प्रचार संयोजक सुरज तमूले स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिव पवित्रा तमूले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284