ताजा खबर

पोखरामा म्ले क्युको ऐतिहासिक प्रदर्शन, एकैदिन दुई हजार दर्शकले चलचित्र हेरे

   ८ बैशाख २०७६, आईतवार ०८:५२      3,132 views

तस्विर सौजन्य दिलु कोन्मे तमू

जसु गुरुङद्धारा निर्देशन गरिएको चलचित्र म्ले क्यु (बिर्साउने पानी) पोखरामा भव्यताका साथ प्रदर्शन भएको छ ।

गुरुङ जातिको संस्कारको पाटोमध्ये मृत संस्कार अन्तरगत पर्ने म्ले क्युको विषयलाई लिएर निर्माण गरिएको चलचित्र दर्शकले अत्याधिक रुचाएका छन । अहिलेसम्मको गुरुङ चलचित्र भन्दा फरक धारमा निमार्ण गरिएको चलचित्रले सोचे भन्दा बढी दर्शकको माया पाएपछि निर्माण पक्ष हौसिएको छ ।

विहान मध्यान्ह् र अपरान्ह् तीन पटकसम्म प्रदर्शन भएको चलचित्र हेर्न तीन वटै सोमा थामिनसक्नु दर्शक ओइरिएका थिए । तिनवटै सोमा गरि करिब २ हजार जना भन्दा बढी दर्शकले एकैदिन चलचित्र हेरेका छन् ।

स्टार्स स्टुडियोको व्यानरमा निर्माण भएको चलचित्र यस अघि हङकङ र नवलपरासीका जिल्लाका विभिन्न पाँच स्थानमा प्रदर्शन भई सकेको छ ।

चलचित्रमा जसु गुरुङको निर्देशन, रोशन गुरुङको कथा, रहेको छ भने माओत्से गुरुङ, रिया गुरुङ, कमल गुरुङ, कृष्टि गुरुङ, रोनित गुरुङ, विरमाया गुरुङ, डिबी गुरुङ लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

यसैबीच चलचित्रमा समावेश रहेको खै बिदो तो बिदो बोलको गीतको लागि आयोजना गरिएको सामुहिक नृत्य प्रतियोगितामा बिजेता समुह तरेली साँस्कृतिक परिवार पोखरालाई नगद ७५ हजार पुरस्कार प्रदान गरिएको छ । पुरस्कार चलचित्र प्रदर्शन हुनुभन्दा अघि फिल्म हलमै प्रदान गरिएको थियो ।

पुरस्कारको प्रायोजन एकेन्द्र गुरुङ सल्लाहकार तमू धि युके, हितकाजी गुरुङ उपाध्यक्ष तमू धि युके, जुमकाजी गुरुङ उपाध्यक्ष तमू धि युके, रामचन्द्र गुरुङ (सुर्जे) पूर्व अध्यक्ष तमू धि युके, मिलन तमू प्रबन्ध निर्देशक गोर्खा मिडिय युके तथा भिम गुरुङ प्रोप्राइटर गोर्खा किचन युकेले गर्नुभएको हो ।

पुरस्कार वितरण समारोहमा उपस्थित प्रायोजक सदस्यद्धय भिम गुरुङ र तमू धि युकेका पूर्व अध्यक्ष रामचन्द्र गुरुङ (सुर्जे)की धर्मपत्नी पवित्रा गुरुङले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । भने आयोजकको तर्फबाट प्रायोजकहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

यसैबीच सोहि समुहले चलचित्रको सफलतको कामना सहित नगद ५० हजार रुपैंया सहयोग प्रदान गरेको छ । चलचित्रका निर्देशक जसु गुरुङलाई प्रायोजक सदस्य द्धय भिम गुरुङ र पवित्रा गुरुङले सो रकम प्रदान गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284