ताजा खबर

पोखरामा यु–१८ आइटीएफ टेनिस शुरु

   २१ माघ २०७५, सोमबार २२:०४      2,570 views

अन्तर्रा्िष्ट्रय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता शुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्रि जगत विश्वकर्माले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्रि विश्वकर्माले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताले मित्र राष्ट्रहरु संगको सम्बन्धलाई कसिलो बनाउने बताए ।

उनले पर्यटकिय शहर पोखरामा आयोजना हुने यस किसिमको प्रतियोगिताले खेल पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगिताको उद्घाटन दिन पुरुष एकलतर्फको खेलमा हङकङका केल लोक इन ताङले नेपालका प्रणव खनाललाई ६–३, ६–१ ले, भारतका अनुराग अग्रवालले नेपालका आर्यन गिरीलाई ६–३, ६–० ले, फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले भारतका फैज नस्यामलाई ६–२, ६–३ ले, भारतका जेराल यासिनले श्रीलंकाका कभिसा रत्नाइकेलाई ६–३, ६–१ ले पराजित गरे ।

त्यसैगरि पुरुषतर्फकै एकलमा चीनका चेन लियाङले नेपालका अभिनाव आचार्यलाई ६–१, ६–१ ले, जर्मनका पउल आर्मिन अल्ब्रेच्टले नेपालका सम्रक्षक बज्राचार्यलाई २–६, ६–२, ६–२ ले, भारतका दिपेन्दर ग्रेवालले मलेशियाका जियान कियोन ताकेशिलाई ६–४, ६–४ ले, चीनका जिछुवान लिले श्रीलंकाका दिलान हेराथलाई ६–२, ६–० ले, भारतका आदित्य वरदान रोय चौधरीले मलेशियाका हेडन खु मेनन्लाई ६–०, ६–२ ले, जापानका ताकुमी वातानेवले थाइल्याण्डका पोस्वात अकरपनालाई ६–१, ६–४ ले पराजित गरे ।

कास्की टेनिस संघका अध्यक्ष दोर्जे लामाको अध्यक्षतामा भएको कार्यक्रमा प्रतियोगिताका संयोजक सूर्य बहादुर भुजेलले पोखराको पर्यटन क्षेत्रको विकासमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणा, कास्की जिल्ला टेनिस संघका महासचिब नबिन चालिसे लगाएतले भनाई राखेका थिए ।

प्रतियोगितामा मुख्य ड्र भन्दा खेलाडी संख्या बढि भएकाले माघको १९ र २० गते पूर्वछनौंट खेल खेलाइएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284